
२ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर छलफल गर्न एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले आग्रह गरेका छन् । ओलीले सोमबार साँझ दाहाललाई फोन गरेर भेटका लागि प्रस्ताव गरेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
माधवकुमार नेपाल समूहले छुट्टै राष्ट्रिय भेला बोलाएपछि दबावमा परेका ओलीले आइतबार साँझ प्रचण्डलाई फोन गरेका थिए । उनले प्रचण्डलाई भेट गरौं भनेको उच्च स्रोतको दाबी छ । तर प्रचण्डले भेटका लागि रुची नदेखाएका स्रोतले बताएको छ । यता माओवादी पार्टीको बैठक चलिरहेको छ ।
प्रतिक्रिया