
२ चैत, काठमाडौं । सरकारलाई पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने बाटो खुलेकाे छ । सर्वोच्च अदालतले सुनको जलहरी राख्न बाटो खोलिदिएको हाे । जलहरी राख्न रोक्न अन्तरिम आदेश माग गर्दै प्रदेशसभा सदस्य नरोत्तम बैद्य र अधिवक्ता नितिका ढुंगानाले रिट दायर गरेका थिए ।
रिटमाथि सुनुवाइ गर्दै सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले अन्तरिम आदेश नदिएको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिमा सुनको जलहरी राख्ने घोषणा गरेपछि सरकारको कदम रोक्न माग गर्दै पशुपति क्षेत्र विकास कोषका पूर्वकोषाध्यक्ष वैद्य र अधिवक्ता ढुंगानाले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।
फागुन १२ गते रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले जलहरी राख्ने सरकारको निर्णयलाई यथास्थितिमा राख्न आदेश दिएको थियो । इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो । आजको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि सरकारलाई जलहरी राख्न बाटो खुलेको हो ।
प्रतिक्रिया