सुदूरपश्चिममा डेढ लाख जनालाई कोरोनाविरुद्धको खोप
नेपालबहस संवाददाता
चैत २, २०७७ मंगलबार २:२४:१
२ चैत, महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा बितेको दुई महिनामा झण्डै डेढ लाख जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार गत माघ र फागुन महिनामा यहाँका नौवटै जिल्लामा एक लाख ४९ हजार ५७९ लाई कोरोनाविरुद्धको खोप लगाइएको हो ।
पहिलो चरणमा यहाँ कारोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शव बाहन र एम्बुलेन्समा खटिने कर्मचारी गरी गत माघ १४ गतेदेखि २४ गतेसम्म १४ हजार ८८५ लाई खोप लगाइएको मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
त्यसैगरी फागुन २ देखि १० गतेसम्म सञ्चालन गरिएको खोप अभियानअन्तर्गत यहाँका नौवटै जिल्लाका २३ हजार ४१७ लाई कोरोना विरुद्धको खोप लगाइएको प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीद्धारा जारी विज्ञप्तीमार्फत जानकारी गराइएको छ । फागुन २३ देखि २९ गतेसम्म सञ्चालन गरिएको खोप अभियानमा एक लाख ११ हजार २७७ जनालाई खोप लगाएको छ । यहाँ सबैभन्दा बढी कैलालीमा ४० हजार ३०१ जना, कञ्चनपुरमा २४ हजार ८६४, डोटीमा १४ हजार ३५७, बैतडीमा १४ हजार ९६ जनालाई खोप लगाइएको छ ।
त्यसैगरी अछाममा १३ हजार ८०५, बझाङमा १३ हजार ७३५, डडेल्लधुरामा १० हजार ३४०, दार्चुलामा नौ हजार ८८६ र बाजुरामा आठ हजार १९५ लाई खोप लगाइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका किट नियन्त्रण अधिकृत हेमराज जोशीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट उपलब्ध खोप यहाँका सबै जिल्लामा लगाइएको बताए । “पछिल्लो चरणमा ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई लगाइएको छ” उनले भने, “अहिले लगाइएका सबैलाई आगामी वैशाखमा दोस्रो डोज लगाउने भनिएको छ ।”
त्यसैगरी निर्देशनालयले कैलाली, कञ्चनपुर, डोटी र अछाममा कोभिड–१९ को नमूना संकलन सञ्चालन भइरहेको उनले जानकारी दिए। नमूना संकलन गर्दा कैलालीमा तीन र कञ्चनपुरमा आइतबार एक जनालाई कोरोना पोजेटिभ देखिएको जोशीले जानकारी दिए । “अछाम र डोटीमा नमूना संकलन चलिरहेको छ”, उनले भने, “निर्देशनालयले स्वास्थ्यसम्बन्धी अरु नियमित कार्यक्रम पनि अघि बढाएको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार