
२ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलीय बैठक बोलाएकी छिन् । राष्ट्रपतिको कार्यालय शितल निवासमा बोलाइएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरुलाई आमन्त्रण गरिएको छ । मंगलबार दिउँसो ४ बजे बैठक बोलाइएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
सत्तारुढ दल नेकपा एमाले भित्र मतभेद चुलिएको र नयाँ सत्तासमिकरण निर्माणका प्रयासहरु भैरहेका बेला राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक आब्हान गर्नुलाई अर्थपूर्ण रुपमा हेरीएको छ । बैठकमा राष्ट्रपति भण्डारीको आशन्न वंगलादेश भ्रमण लगायत समसामयीक राजनीतिक विषयमा छलफल हुन सक्ने बताइएको छ ।
प्रतिक्रिया