बिहिबार , बैसाख २, २०७८

भारतमा करिब तीन करोडले लगाए कोरोना खोप

भारतमा करिब तीन करोडले लगाए कोरोना खोप

२ चैत , नयाँदिल्ली । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको थियो । सो समयदेखि हालसम्म देशभरी करिब तीन करोड व्यक्तिले खोप लगाइसकेका छन् । भारतमा गत २४ घण्टामा २६ हजार २९१ जनामा कोभिड–१९ को संक्रमण देखिएपछि कुल कोरोना संक्रमितको सङ्ख्या एक करोड १३ लाख ८५ हजारभन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।

भारतमा गत २४ घण्टामा कोभिड–१९ संक्रमणको कारण ११८ जनाको मृत्यु भएपछि कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५८ हजार ७२५ जना पुगेको छ । हाल भारतमा दुई लाख १९ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । केही दिनयता भारतमा सक्रिय संक्रमितको संख्या बढेको पाइएको छ । यसैबीच कोभिड–९९ को सङ्क्रमण शुरु भएयता भारतमा हालसम्म एक करोड १० लाख ७ हजारभन्दा बढी कोरोना भाइरस मुक्त भएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले आइतबारसम्म देशभर २२ करोड ७४ लाख सात हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो आइतबार एकै दिनमा सात लाख ३ हजार ७७२ जनाको कोभिड–१९ परिक्षण भएको पनि समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

तपाईको आजको राशिफल कस्तो छ ? तपाईको आजको राशिफल कस्तो छ ? ३ दिन पहिले
गतिहिन संसदः राजनीतिक आरोप प्रत्यारोपमा सीमित गतिहिन संसदः राजनीतिक आरोप प्रत्यारोपमा सीमित ७ दिन पहिले
डिजिटल भुक्तानीमा आकर्षण बढ्दै, कनेक्ट आईपीएसमार्फत एक खर्ब दश अर्बको कारोबार डिजिटल भुक्तानीमा आकर्षण बढ्दै, कनेक्ट आईपीएसमार्फत एक खर्ब दश अर्बको कारोबार १ दिन पहिले
चन्द्रागिरि चुचुरोमा ‘पिपिइ’ प्रति समर्पित सृजना चन्द्रागिरि चुचुरोमा ‘पिपिइ’ प्रति समर्पित सृजना १ दिन पहिले
द्रूतमार्ग सडक आयोजनासम्बन्धी सेनाको ‘केटिएफटी जर्नल’ प्रकाशन द्रूतमार्ग सडक आयोजनासम्बन्धी सेनाको ‘केटिएफटी जर्नल’ प्रकाशन ५ घण्टा पहिले
त्रिभुवन आदर्शका नयाँ विद्यार्थीहरुलाई स्ववियुले गर्यो स्वागत तथा सम्मान त्रिभुवन आदर्शका नयाँ विद्यार्थीहरुलाई स्ववियुले गर्यो स्वागत तथा सम्मान २ दिन पहिले
‘सरकारले सीमाक्षेत्र अनुगमनका साथै सबै किसिमको सावधानी अपनाउनु पर्ने’– जबरा ‘सरकारले सीमाक्षेत्र अनुगमनका साथै सबै किसिमको सावधानी अपनाउनु पर्ने’– जबरा ५ दिन पहिले
सेप्टेम्बर ११ भित्रै अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने बाइडेनको तयारी सेप्टेम्बर ११ भित्रै अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने बाइडेनको तयारी १ दिन पहिले