बिहिबार , बैसाख २, २०७८

अप्रिलदेखि श्रीलङ्काका सबै विद्यालयहरु खुल्ने

अप्रिलदेखि श्रीलङ्काका सबै विद्यालयहरु खुल्ने

२ चैत, कोलम्बो । श्रीलङ्काका सवै विद्यालयहरू आगामी अप्रिलदेखि खुल्ने भएका छन् । स्थानीय सिन्हला र तमिल समुदायको नयाँ बर्षपछि मात्रै सवै अध्ययन अध्यापन कार्य सुरु गर्नु उपयुक्त हुने ठानेर १९ अप्रिलदेखि सुरु गर्ने निर्णय भएको हो ।

शिक्षा मन्त्रीले अप्रिल १९ देखि सबै विद्यालयहरु खोल्न आवश्यक तयारी भइरहेको सोमबार जानकारी दिए। कोरोना भाइरसको दोस्रो चरणको महामारीका कारण श्रीलङ्कामा गत अक्टोबरदेखि आइतबारसम्म विद्यालयहरु बन्द गरिएको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कक्षा ५, ११ र १३ सोमबारदेखि सञ्चालन गरिएको छ भने अरु कक्षा अप्रिल १९ देखि सुरु हुने सरकारी अधिकारीहरुले जनाएका छन् । विद्यालयहरु सवै खोल्नु अगाडि सवै विद्यालयहरूलाई आधारभूत स्वास्थ्य मापदण्ड पुरा गर्न लगाइने र सञ्चालनका बेलामा ती सवै मापदण्ड पालना गर्नु पर्ने व्यवस्था गरिने भएको छ ।

श्रीलङ्कामा कोरोना भाइरसबाट अहिलेसम्म ८७ हजार ९०७ जना सङ्क्रमित भएका छन् भने तीमध्ये ५२७ जनाको मृत्यु भएको छ । महामारी नियन्त्रणका लागि देशमा अहिले कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान पनि सुरु गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय