म्यान्मारमा आजदेखि थप जिल्लामा सैन्य कानुन लागु
नेपालबहस संवाददाता
चैत २, २०७७ मंगलबार २:४३:३१
२ चैत, एजेन्सी । म्यान्मारमा जारी आन्दोलनमा ठूलो रक्तपात भएको भोलिपल्ट सोमबार सेनाले थप जिल्लामा पनि सैन्य कानुन लागु गरेको छ ।
म्यानमारमा सन् २०२० को नोभेम्बरमा भएको निर्वाचनमा करिब दुई तिहाई ल्याउन सफल नेशनल लिग फर डेमोक्रेसी ‘एनएलडी’ गठबन्धनले नयाँ संसदबाट सरकार निर्माण गर्ने दिन नजिकिँदै गर्दा गत माघ १९ गते सेनाले त्यहाँको शासनसत्ता आफ्नो हातमा लिएपछि एनएलडी लगायतका प्रजातन्त्रवादी शक्तिहरूले सेनाको कदमको विरोेधमा आन्दोलनलाई निरन्तरता दिइरहेका छन् ।
यसै क्रममा आइतबार देशभरि भएका विरोधप्रदर्शनहरूमा झन्डै ५० जनाको मृत्यु भएको म्यानमारका मानव अधिकारवादी समूहहरूले बताएका छन् । सेना र प्रहरीले प्रदर्शनकारीहरूमाथि सिधै गोली प्रहार गरेका कारण एकै दिन ठूलो सङ्ख्यामा प्रदर्शनकारीको मृत्यु भएको बताइएको छ । अधिकांश मृत्यु याङ्गुनमा भएको पनि एनएलडी स्रोतले बताएको छ ।
नेत्री आङ सान सूकीलाई अदालतमा पेस गर्ने तालिका भएको एक दिनअघि रक्तपात भएपछि सोमबार उनलाई अदालतमा इन्टरनेटको माध्यमबाट पेस गर्ने योजना प्राविधिक कारणले स्थगित भएको बताइएको छ । प्रजातन्त्रवादी आन्दोलनकारीहरूले सूकीसहित अन्य नेताहरूको रिहाइको माग गर्दै देशमा निर्वाचित समूहले सरकार गठन गर्न पाउनु पर्ने बताएका छन् ।
सैन्य शासकहरूले सुकी र उनको दलका प्रमुख नेताविरुद्ध भ्रष्टाचारसहित विभिन्न मुद्दा दर्ता गरेका छन् भने आन्दोलनरत समूहले सबै मुद्दा फिर्ता गरी निर्वाचित समूहलाई सरकारको गठन गर्ने र सेनाद्वारा भएका अलोकतान्त्रिक निर्णयलाई बदर गर्न सडकहरूमा प्राय : हजारौँ मानिसहरू उत्रिने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास
बैशाख ८, २०८१ शनिबार