मध्यपहाडी राजमार्गको पूर्वी खण्ड कालोपत्रको चरणमा
नेपालबहस संवाददाता
चैत ३, २०७७ मंगलबार १५:४:५७
३ चैत,पाँचथर । पुष्पलाल (मध्यपहाडी) राजमार्गको पूर्वी खण्ड कालोपत्रको चरणमा पुगेको छ । कूल ३८३ किलोमिटर लम्बाइको पूर्वी खण्डको सबै भाग ट्र्याक खोलिएको १० वर्षपछि कालोपत्रको चरणमा पुगेको हो । पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय पाँचथरका अनुसार पूर्वी खण्डमा पर्ने सबै उपखण्डमा कालोपत्रका लागि ठेक्का लागेको छ ।
सरकारी लक्ष्यअनुसार आगामी आर्थिक वर्षमा पूर्वी खण्डको कालोपत्र सम्पन्न हुनुपर्ने भए पनि उद्गम उपखण्ड कालोपत्रको गत माघमा मात्रै ठेक्का लागेकाले कालोपत्र पूरा हुन अबको दुई वर्ष लाग्नेछ । पूर्वी खण्डमा ट्र्याक खोलिए पनि कतिपय उपखण्ड वर्षौँदेखि ट्र्याकमै सीमित थिए भने कतिपय उपखण्डको मर्मत तथा स्तरोन्नति कार्य हुँदै आएका थिए । यद्यपि चालु आर्थिक वर्ष २०७७/७८ मा सरकारले सबै उपखण्ड कालोपत्रका लागि बजेट सुनिश्चित गर्दै ठेक्का लगाएपछि पूर्वी खण्ड नै कालोपत्रको चरणमा पुगेको हो ।
पूर्वी खण्ड राजमार्गको उद्गम विन्दु पाँचथरको चिवाभञ्ज्याङबाट भोजपुरको चखेवासम्म रहेको छ । पूर्वी खण्ड पाँचथरमा १११ किलोमिटर, तेह्रथुममा ११६ किलोमिटर, धनकुटा ४८ किलोमिटर र भोजपुर १०८ किलोमिटर पर्छ । यस खण्डमा कालोपत्र भएका तीनवटा सडकसमेत समेटिएका छन् । तिनको लम्बाइ १२८ किलोमिटर छ । पाँचथरमा पर्ने मेची राजमार्गको जोरसाल ९फिदिम०–गणेशचोक ४० किलोमिटर, तेह्रथुम र धनकुटामा पर्ने वसन्तपुर–हिले सडक २२ किलोमिटर र धनकुटा र भोजपुरमा पर्ने लेगुवा–भोजपुर ६६ किलोमिटर छन् । यसबाहेकको २५५ किलोमिटर सडक राजमार्ग आयोजनाअन्तर्गत कालोपत्रको काम अगाडि बढेको हो ।
आयोजनाबाटै ७७ किलोमिटर कालोपत्र सम्पन्न
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाएको यस राजमार्गको पूर्वी खण्डमा आयोजनाबाटै हालसम्म ७७ किलोमिटर सडक कालोपत्रको काम सम्पन्न भएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय पाँचथर प्रमुख सुरेश न्यौपानेका अनुसार पूर्वी खण्डअन्तर्गत पाँचथरमा पर्ने दारिम्बा–गणेशचोक नौ किलोमिटर तथा जोरसाल–माझीटार ११ किलोमिटर तीन वर्षअघि नै कालोपत्र सम्पन्न भइसकेको छ ।
तेह्रथुममा पर्ने माझीटार–सक्रान्तिबजार २५ किलोमिटरसमेत दुई वर्षअघि निर्माण सम्पन्न भएको छ । भोजपुरमा भोजपुर–चखेवा उपखण्डको ४२ किलोमिटरमध्ये ३२ किलोमिटर कालोपत्र पूरा भएको छ । उक्त उपखण्डको बाँकी १० किलोमिटरसमेत कालोपत्र शुरुआत हुने अवस्थामा पुगेको न्यौपानेले जानकारी दिए ।
बाँकी खण्ड दुई वर्षभित्र
पूर्वी खण्डमा १७८ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ । यद्यपि कालोपत्र हुन बाँकी सबै उपखण्डलाई कालोपत्रका लागि ठेक्का लगाइसकिएको योजना कार्यालयका प्रमुख न्यौपानेले जानकारी दिए । कालोपत्र हुन बाँकी उपखण्डमा पाँचथरमा पर्ने चिवाभञ्ज्याङ–दारिम्बा ५१ किलोमिटर, तेह्रथुममा पर्ने सक्रान्तिबजार–म्याङलुङ ६५ किलोमिटर र म्याङलुङ–वसन्तपुर २६ किलोमिटर छन् । यस्तै धनकुटामा पर्ने हिले–लेगुवा २६ किलोमिटर र भोजपुरमा पर्ने भोजपुर–चखेवाको १० किलोमिटर कालोपत्र हुन बाँकी छ ।
योजना कार्यालयका प्रमुख न्यौपानेका अनुसार कालोपत्र हुन बाँकी सबैभन्दा लामो उपखण्ड सक्रान्तिबजार–म्याङलुङ उपखण्डलाई नौ वटा प्याकेजमा विभाजन गरी निर्माण कार्य अगाडि बढाइएको छ । सोमध्ये पञ्चमीबजार आसपासको १५ किलोमिटर सडक निर्माणमा ढिलाइ भइरहेको छ । “उक्त प्याकेजलाई अरु प्याकेजसँगै कालोपत्रको चरणमा पु¥याउन कठिन पर्छ कि भनेर ताकेता गरिरहेका छौँ”, न्यौपानेले भने। यसै आर्थिक वर्षमा उक्त उपखण्डको आधाभन्दा बढी हिस्सालाई कालोपत्र गर्ने कार्यालयको लक्ष्य छ ।
म्याङलुङ–वसन्तपुर उपखण्ड चालु आवमै कालोपत्र गर्ने लक्ष्य राखिएको छ । तीन खण्डमा विभाजन गरी निर्माण भइरहेको यो उपखण्डको १० किलोमिटर कालोपत्रको काम शुरुआत भएको न्यौपानेले जानकारी दिए । हिले–लेगुवा खण्डलाई दुई प्याकेजमा विभाजन गरी निर्माण अगाडि बढाइएको छ भने भोजपुर–चखेवा उपखण्डको १० किलोमिटर यसै आवमा कालोपत्र पूरा हुनेछ । आयोजनाको उद्गम उपखण्ड चिवाभञ्ज्याङ–दारिम्बा भने गत माघमा मात्रै ठेक्का प्रक्रियामा गएको थियो । तीन प्याकेजमा विभाजन गरी यस उपखण्डलाई कालोपत्र गर्न लागिएको छ । पूर्वी खण्डमा शुरुआतमै ट्र्याक खोलिएको भए पनि कालोपत्रका लागि बजेट सुनिश्चित नहुँदा सबैभन्दा ढिलो गरी यो उपखण्ड कालोपत्रको चरणमा पुग्न लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने
बैशाख १३, २०८१ बिहिबार
रौनियारसहित २९ ठेकेदारका निमार्ण कम्पनी कालोसूचीमा
बैशाख ११, २०८१ मंगलबार
पेट्रोलियम पदार्थ उत्खननको प्रगतिबारे मन्त्री भण्डारीलाई जानकारी
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार