देउवाको रहष्यमय मौनताप्रति पाैडेलकाे आशंका
नेपालबहस संवाददाता
चैत ३, २०७७ मंगलबार १८:४९:३०
३ चैत, काठमाडौं । सर्वाेच्च अदालतले प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन बदर गरेको तीन हप्ता बितिसक्दा पनि राजनीतिक दलहरुले बैकल्पिक सरकार दिन नसक्दा देश थप अन्योल र अस्थिरतातिर धकेलिएको छ । ओलीको गैससंवैधानिक कदम बदर गरेर शासन चलाउने नैतिक बल समेत नरहेको सन्देश दिन अदालतले बाटो खोल्दासमेत राजनीतिक क्षेत्र अलमलमा पर्नु आफैंमा लज्जास्पद अवस्था हो ।
अझ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसका लागि सकृयता देखाउनुपर्नेमा नजरअन्दाज गरेको पाइन्छ । पार्टी भित्रबाट सर्वसम्मत रुपमा सभापति शेरबहादुर देउवालाई आफ्नो नेतृत्वामा नयाँ गठबन्धन बनाउन वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले हरियो झण्डा देखाउँदा पनि देउवा भने उदासिन बनेका छन् । प्रतिनिधिसभा पुनस्थापना भएलगत्तै तत्कालिन नेकपा नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले देउवालाई नयाँ सरकार गठन गर्न आह्वान नै गरेका थिए ।
यसैबीच फागुन २३ को सर्वाेच्चको अर्काे फैसलाले व्यूँतिएको नेकपा र माओवादी केन्द्रको गठजोड अब भत्किएको छ । माओवादीले समर्थन फिर्ता लिने वित्तिकै ओली सरकार अल्पमतका पर्नेछ । तर यस्तो अवस्थामा ओलीले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने हुन्छ । जबकी माओवादी पक्ष ओलीलाई त्यो सुविधासमेत दिने पक्षमा छैन ।
अहिले सत्ताको साँचो हातमा लिएर बसेको जनता समाजवादी पार्टी पनि ओली सरकारको विकल्प दिन तयारै देखिएको छ । उसले यसका लागि कांग्रेस सभापति देउवाले कुनै चासो नै नदेखाएको आरोप लगाएको छ । यद्यपि देउवाकै नेतृत्वमा सरकार बनाउने प्रस्ताव भने उसले अझै प्रष्टसँग राखेको छैन । तर देउवाको मौनताबारे उसले उठाएको प्रश्न भने जायज मान्नुपर्छ ।
कांग्रेसका वरिष्ठ नेता पौडेलले आज पोखरामा आयोजित एउटा कार्यक्रममा यस्तै आशंका व्यक्त गरेका छन् । सबैतिरबाट ओलीविरुद्ध माहोल बन्दा पनि देउवा मौन बस्नु आफैंमा रहष्यमय भएको उनले गुनासो गरे । पार्टीले सर्वसम्मत रुपमा देउवालाई वैकल्पिक सरकार बनाउन आह्वान गर्दा समेत वेवास्ता गर्नु अनौठो छ– उनले भने । ओलीको ज्यादति अन्त्य गर्ने मौका आएको तर देउवाको भूमिका भने शंकास्पद रहेको उनले बताए ।
उनले भने–सभापतिकै कारण अहिले कांग्रेसको हातबाट फेरि मौका गुुम्ने अवस्था आएको छ । ओलीतन्त्रबाट देशले मुक्ति चाहेको भन्दै उनले अब माओवादी केन्द्र र जसपासँग तत्कालै छलफल गरिहाल्न उनले सुझाए । हिजोका लागि त्रिदलीय बैठक बस्ने तय भएपनि देउवाको बेवास्ताले बस्न नसकेको आरोप जसपा नेताहरुले लगाएका छन् । त्यसको खण्डन देउवाले गरेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार
चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
बैशाख ६, २०८१ बिहिबार
सहसचिव अधिकारी, शर्मा र खरेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
बैशाख ६, २०८१ बिहिबार