बालबालिकामाथि हुने हिंसाले सिकाइ प्रभावित हुने
नेपालबहस संवाददाता
चैत ३, २०७७ मंगलबार २०:३६:५८
३ चैत,गण्डकी । विद्यालयमा बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार, विपद् जोखिम, बन्द हड्ताल, परम्परागत कुरीति, सामाजिक विभेदजस्ता घटनाका कारण विद्यार्थीमा बीचैमा कक्षा छाड्ने समस्या कायम रहेको पाइएको छ । भोलिन्टर सर्भिज ओभर्सिज (भिएसओ) नेपाल र आसमान नेपालका सहयोगमा शिक्षा पत्रकार समाजले आज आयोजना गरेको गण्डकी प्रदेशस्तरीय नीतिगत बहस कार्यक्रममा गण्डकी प्रदेशसभासद्, पालिका र शैक्षिक निकायका प्रतिनिधि तथा शिक्षा क्षेत्रका सरोकार भएका सहभागी कार्यक्रममा विद्यालयमा भौतिक पूर्वाधार, शैक्षिक सामग्री, मनोसामाजिक वातावरणलगायत पक्षमा पर्याप्तता हुनुपर्नेमा जोड दिइएको छ ।
उनीहरुले गुणस्तरीय शिक्षाको राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतिबद्धता तथा संविधानको मौलिक हकको कार्यान्वयनका लागि विद्यालयमा सुरक्षित सिकाइको वातावरण हुनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रदेशसभा, विधायन समितिका सभापति मोहन रेग्मीले शिक्षा क्षेत्रमा प्रदेशसभा र सरकारबाट तर्जुमा गरिएका नीति कार्यान्वयनका क्रममा रहेको जनाउँदै सुरक्षित विद्यालयको वातावरण आफूहरुको पनि उत्तिकै चासोको विषय भएको बताए । उनले विज्ञको अध्ययनबाट प्राप्त सुझावलाई नीति र अभ्यासका क्रममा कार्यान्वयनका लागि आफूहरु तत्पर रहेको स्पष्ट गरे ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले गैरसरकारी संस्थालाई समुदाय र विद्यायस्तरका वास्तविक समस्याको पहिचान गरी सहयोग गर्न आग्रह गर्दै कतिपय केन्द्रीय नीतिमा रहेका असावधानीका कारण गरीब र धनी विद्यार्थीको पहिचानमा अन्योल देखिएको टिप्पणी गरे । प्रदेश, सामाजिक विकास मन्त्रालयका सहसचिव तोयानाथ लम्सालले विद्यालयस्तरको शिक्षाको सञ्चालनको कार्यक्षेत्र स्थानीय तह भएकाले स्थानीय सरकारलाई क्षमतावृद्धि अनुगमनका लागि प्रभावकारी बनाउँदै शैक्षिक नीतिको कार्यान्वयन गरिएको जनाए ।
प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक तिलक सिलवालले सामाजिक क्षेत्र र सञ्चार जगत्ले शैक्षिक समस्यालाई उत्तेजनात्मकरुपमा उठाउने मात्र नभई समाधानमूलकरुपमा पनि सम्बोधन गराउनुपर्ने बताए । नेपाल शिक्षक महासङ्घका केन्द्रीय प्रतिनिधि लोचना अधिकारीले शिक्षा पत्रकारले शिक्षकका सकारात्मक योगदानलाई पनि बाहिर ल्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा भिएसओ नेपालका देशीय निर्देशक जयशङ्कर लालले ‘सेभ टु लर्न’ परियोजनाले विभिन्न प्रदेश र जिल्लामा सुरक्षित विद्यालयका लागि हासिल गरिएका अनुभव अन्य स्थानका लागि पनि प्रयोगमूलक हुने बताए । भिएसओ नेपालका कार्यक्रम व्यवस्थापक सुशीलबाबु खनाल, शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवाल, आसमान नेपालका कार्यक्रम व्यवस्थापक शेखर सापकोटा र विश्वनाथ घिमिरे, पत्रकार प्रकाश ढकाललगायतले गुणस्तरीय र सुरक्षित सिकाइका लागि सम्बन्धित पक्षको हातेमालो आवश्यक रहेकामा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेर्दाहेर्दैमा राखियो गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्धको रिट
बैशाख १०, २०८१ सोमबार
मकै छर्न नपाएर म्याग्दीका किसान चिन्तित
बैशाख १०, २०८१ सोमबार
बागलुङका गाउँमा स्वास्थ्य बीमा पुग्यो, तर सेवा अझै पुग्न सकेन
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
बैशाख १२, २०८१ बुधबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार