चालु खाता एक खर्ब एक अर्ब ९० करोडले घाटामा
नेपालबहस संवाददाता
चैत ३, २०७७ बुधबार ३:१९:५४
३ चैत, काठमाडौं । मुलुकको चालु खाता रु एक खर्ब एक अर्ब ९० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब छ अर्बले घाटामा रहेको थियो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको विवरणअनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड छ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ८७ करोड १० लाखले घाटामा रहेको जनाएको छ ।
समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर ५.७ प्रतिशतले कमी आई रु सात अर्ब ८३ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३७.३ प्रतिशतले कमी आई रु नौ अर्ब दुई करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु आठ अर्ब ३० करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु १४ अर्ब ३८ करोड रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु ९७ अर्ब ३६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु २१ अर्ब ६१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ११ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८१ करोड ७६ लाखले बचतमा रहेको छ ।
यसैगरी गत माघ मसान्तसम्म रु १४ खर्ब ६२ अर्ब तीन करोड बराबरको विदेशी विनिमय सञ्चिति छ । गत असार मसान्तमा रु १४ खर्ब एक अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा गत माघ मसान्तमा आठ प्रतिशतले वृद्धि भई १२ अर्ब ५७ करोड पुगेको छ ।
कूल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा गत माघ मसान्तमा पाँच प्रतिशतले वृद्धि भई रु १२ खर्ब ८७ अर्ब ५० करोड पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालका वित्तीय संस्थामा समस्या छैनः गभर्नर
चैत १४, २०८० बुधबार
अमेरिकी डलरसँगै युरोको भाउ बढ्यो, अन्यको कति ?
चैत १४, २०८० बुधबार
संयोजक नभेटिएपछि राष्ट्र बैंकले पुनः खुलायो आवेदन
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार