कांग्रेस चुनावी सरकारको पक्षमाःडा.कोइराला
नेपालबहस संवाददाता
चैत ४, २०७७ बुधबार १८:४८:१८
४ चैत, घोराही । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा व्याप्त अन्योल र अनिश्चयको निकास निर्वाचनले मात्र दिन सक्ने औंल्याएका छन् । नेपाल प्रेस युनियन दाङद्वारा आज आयोजित एक कार्यक्रमलाई संवोधन गर्दै नेता कोइरालाले भने – प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन गैरसंवैधानिक थियो, उक्त कदम सर्वाेच्च अदालतले सच्याइदिएको छ, तर व्याप्त राजनीतिक अन्योल चिर्न चाहिं पुनस्थापित प्रतिनिधिसभाले सक्दैन ।
त्यसैले ओलीको विकल्पमा काँग्रेस नेतृत्वमा सरकार निर्माण गरेर निर्वाचनमा जानुको विकल्प नरहेको नेता डा. कोइरालाले बताए । यसका लागि पार्टीले आवश्यक गृहकार्य गरिरहेकोछ निकट भविष्यमा नै यसले मूर्तता पाउने छ– उनले भने ।
नेपाली कांग्रेस अब निर्वाचनमुखी सरकारको पक्षमा मात्र उभिने प्रष्ट गर्दै डा. कोइरालाले भने –कांग्रेसले ओलीविरुद्ध आउने प्रस्तावको पक्षमा मतदान गरेर देशलाई निकास दिनेछ । तर अब दुई वर्ष यही प्रतिनिधिसभाले काम गर्न नसक्ने पनि उनले ठोकुवा गरे । त्यसैले चुनाव त हुनैपर्छ, नेपाली कांग्रेस निर्वाचनको पक्षमा उभिने छ– उनले भने । आगामी महाधिवेशनका सन्दर्भमा उठेको प्रश्नमा आफू सभापतिको उमेदवार रहेको प्रष्ट्याए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार