नगर भवन बनाउन निशुल्क जग्गा
नेपालबहस संवाददाता
चैत ४, २०७७ बुधबार २१:१८:२०
४ चैत,बलेवा । जैमिनी नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि स्थानीयवासीले निःशुल्क जग्गा दिएका छन् । नगरपालिका–१ र २ मा ८ रोपनी चार आना जग्गा स्थानीयवासीले निःशुल्क दिएका हुन् । जैमिनी नगरपालिका वडा नं १ कुश्मीशेरा ९साविकको कुश्मीशेरा गाविस वडा नं ३० मा रहेको १८ रोपनी जग्गालाई एकीकृत गरेर १४ जना जग्गा दाताले नगरपालिकाको नाममा पाँच रोपनी जग्गा पास गराएको नगरप्रमुख ईन्द्रराज पौडेलले जानकारी दिए ।
बाँकी जग्गामा सडक, खानेपानी र विद्युत्लगायत संरचना निर्माण गरेर जग्गादाताले फिर्ता लिनेछन् । त्यस्तै वडा नं २ ९साविकको दमेक गाविस वडा नं २० मा श्रमलाल कँडेलको नाममा रहेको चार रोपनी चार आना जग्गा पनि नगरपालिकालाई निःशुल्क उपलब्ध गराइएको छ । पन्ध्र जनाको नाममा रहेको करोडौं मूल्य बराबरको टुक्रे जमीन एकीकृत गर्दै आठ रोपनी जग्गा नगरपालिकाले पाएको हो । मङ्गलबार नगर प्रमुख, उपप्रमुखको रोहवरमा उक्त जग्गा नगरपालिकाको नाममा नामसारी गरिएको छ ।
कुश्मीशेराका लक्ष्मीप्रसाद सापकोटा, टङ्क सापकोटा, नेत्रप्रसाद शर्मा, कृष्णप्रसाद शर्मा, मनकुमारी पाध्या, योगेश्वर पाध्या, शालिग्राम जैसी, लीलानाथ पौडेल लोकनाथ सापकोटा, गोपाल पाध्या दिनानाथ जैशी, भगिरथी अँखेली, यमप्रसाद शर्मा, देवीप्रसाद सापकोटा र झुपीदेवीको नाममा रहेको जग्गा निःशुल्क उपलब्ध गराउनुभएकोे जग्गादाता योगेश्वर पाध्याले जानकारी दिए ।
“हाम्रो नगरको भवन बनाउने काममा हामीले जग्गा भएन भनेर हेरेर बस्न सकेनौं”, उनले भने, “बाहिर बिक्री गरेको भए कति मूल्यको थियो भन्थ्ये, हामीले सदासहायताले दिएको जग्गाको मूल्य गर्न मिल्दैन् । जग्गा उपलब्ध गराएवापत नगरपालिकाले सम्याउन लाग्ने खर्च व्यहोर्ने भएको छ ।”
टुक्राटुक्रामा रहेको जग्गालाई एकीकृत गरेर पाँच रोपनी नगरको नाममा राखेपछि बाँकी जमीन दाताकै लागि प्लटिङ गरेर दिने पौडेलले बताए । जैमिनी नगरको भवन निर्माणका लागि जग्गा व्यवस्थापन गर्न वडा नं १ का अध्यक्ष भूपेन्द्र थापाको संयोजकत्वमा जग्गा व्यवस्थापन समिति बनेको थियो । समितिमा नगरस्तरीय राजनीतिक दलका प्रतिनिधिकोसमेत सहभागिता थियो ।
जग्गा अभावमा बजेट विनियोजन भएर पनि नगरको भवन बन्न सकेको थिएन । भवन नहुँदा नगरपालिकाको कार्यालय भाडाका घरमा राखिएको छ । घरभाडामा मात्रै मासिक झण्डै एक लाखभन्दा धेरै खर्च हुने गरेको छ । नगरपालिकालाई निःशुल्क उपलव्ध गराएको जग्गा कुश्मीशेरा बजारको मुख्य क्षेत्रमा पर्छ । यहाँको जग्गा प्रतिआना रु चार लाखसम्म कारोवार हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेर्दाहेर्दैमा राखियो गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्धको रिट
बैशाख १०, २०८१ सोमबार
मकै छर्न नपाएर म्याग्दीका किसान चिन्तित
बैशाख १०, २०८१ सोमबार
बागलुङका गाउँमा स्वास्थ्य बीमा पुग्यो, तर सेवा अझै पुग्न सकेन
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता
बैशाख १२, २०८१ बुधबार
यी तीन प्रदेशमा आज मेघ गर्जनसहित वर्षा हुने
बैशाख १२, २०८१ बुधबार