व्यक्तिगत घटना दर्ता अनलाइनबाट
नेपालबहस संवाददाता
चैत ४, २०७७ बुधबार २२:१२:३५
४ चैत,डोटी । पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकाले व्यक्तिगत घटना अनलाइनबाट दर्ता कार्य शुरु गरेको छ । गाउँपालिकामा रहेका सातवटा वडामध्ये वडा नं २ र ३ मा नियमितरुपमा अनलाइन जडान गरी व्यक्तिगत घटना दर्ता शुरु गर्ने अभियानको शुरुआत गरेको हो ।
जन्म, मृत्यु, विवाह, बसाइँ सराइ तथा सम्बन्ध विच्छेदका घटनालाई ‘भर्स एमआइएस सिस्टम’ मा दर्ता गरी डिजिटल प्रमाणपत्र वितरण गर्न लागिएको आदर्श गाउँपालिका अध्यक्ष टेकबहादुर रोकायाले बताए । उनले भने, “मानिसको जीवनमा घटने दैनिकजसो घटनालाई हामीले अब अनलाइन सिष्टमबाट दर्ता गर्न शुरु गरेका छौँ, जसले गर्दा नागरिकलाई निकै राहत हुने छ ।”
गाउँपालिकाले व्यक्तिगत घटना प्रमाणपत्र वितरण गर्न आगामी दिनमा पालिकाका सबै वडामा अनलाइन सेवा शुरु गर्ने जनाएको छ । सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्तालाई सरल, सहज र व्यवस्थित बनाउन पुराना सबै घटना दर्ता किताब (ढड्डाहरु) डिजिटलाइजेशन भइसकेको र अब अनलाइन सिस्टमबाट दर्ता गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरतबहादुर परियारले जानकारी दिए ।
सरकारबाट पाइने महत्वपूर्ण सेवा सुविधा सामाजिक सुरक्षा भत्तामा कोही नछुटून र कोही नदोहोरिऊन भन्ने मूल मर्मलाई आत्मसात् गर्दै सामाजिक सुरक्षालाई पारदर्शी र चुहावटरहित बनाउन सामाजिक सुरक्षा भत्तालाई आर्थिक वर्ष २०७८/७९ को पहिलो चौमासिकदेखि अनिवार्य बैंठकबाट भत्ता वितरण गर्ने गरी बैंकसँग सम्झौता कार्य भइरहेको गाउँपालिकाले जनाएको छ ।
यसैगरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा सञ्चालित सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण आयोजना कार्यक्रमको सन् २०२४ सम्म व्यक्तिगत घटना दर्तालाई शत्प्रतिशत पु¥याउने लक्ष्यलाई सफल पार्न गाउँपालिकाले केही दिनभित्रमै सबै वडामा दर्ता शिविर सञ्चालन गर्ने गृहकार्य शुरु गरिसकेको आदर्श गाउँपालिकाका अपरेटर गीताकुमारी कठायतले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरञ्जिताको इच्छाविपरित सुदूरपश्चिममा नाउपाका ५ मन्त्री
चैत १५, २०८० बिहिबार
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमयुर गणना सुरु
चैत १५, २०८० बिहिबार
अछाममा ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु
चैत १२, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार