गाउँपालिकाका सबै वडामा सडक सञ्जाल विस्तार
नेपालबहस संवाददाता
चैत ४, २०७७ बुधबार २२:५०:१५
४ चैत, बलेवा । निसीखोला गाउँपालिकाका सबै वडामा सडक सञ्जाल विस्तार गरिएको छ । स्थानीय सरकार गठन पछिका चार वर्षमा गाउँपालिकाले सबै वडा सडक विस्तार गरेको हो । सडक बनेपछि स्थानीयवासीलाई ओहोरदोहोरमा मात्रै होइन स्थानीय वस्तुको बजारीकरणमा सहज भएको छ । पहिले सडक नरहेका वडामा गाउँपालिकाले प्राथमिकताका साथ बजेट विनियोजन गरेको थियो । गाउँपालिकाको पहलमा वितेका चार वर्षमा ८८ किलोमिटर सडक बनेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए ।
“मध्यपहाडी लोकमार्गले सबै वडामा छोएको छ, त्यो बाहेक वडा मुकाम र गाउँमा सडक सञ्जाल थिएन”, पौडेलले भने, “चार वर्षमा हामीले सडकमा मात्रै ठूलो लगानी गरेर ट्र्याक बनाएका छौँ ।” मध्यपहाडी लोकमार्गले सातवटै वडा चिरेको गाउँपालिकाको मुख्य सडक लोकमार्ग नै हो ।
लोकमार्ग बाहेकका सडक गाउँतह जोड्नका लागि थप सहज भएको पौडेलले बताए । कालोपत्र भएको लोकमार्गबाट वडा र टोलमा जोडिएका सडकका कारण दैनिकीमा सहज भएको स्थानीयवासी बताउँछन् । निसीखोलामा प्रदेश र सङ्घीय सरकारले बनाएका सडकको भने अभिलेख राखिएको छैन् । नयाँ सडक निर्माणमा ध्यान केन्द्रित गरेको गाउँपालिकाले आफ्नो सक्रियतामा पक्की सडक बनाउने विषयमा भने नसोचेको अध्यक्ष पौडेल बताउछन् ।
“बल्ल त सडक सञ्जाल पु¥याऔँ, अब स्तरोन्नति र कालोपत्रको विषयमा सोच्छौँ”, पौडेलले भने, “कठिन भूगोल भएका गाउँमा कच्ची सडक पु¥याउन हाम्रो समय खर्च भयो ।” निसीखोलामा मध्यपहाडीबाहेक भएका सबै सडक कच्ची छन् । डोजर अपरेटरकै भरमा बनाइएका सडक हिउँदमा धुलाम्मे र वर्षात्को समयमा हिलाम्मे हुने गरेका कारण स्थानीयवासी मारमापर्ने गरेका छन् ।
भएका सडकको स्तरोन्नति गरेर बाह्रैमहिना चल्ने बनाउँदा सडकको सदुपयोग राम्रो हुने स्थानीयवासीले बताएका छन् । बाग्लुङमा साविकका गाउँविकास समितिलाई एकीकृत गरेर बनाएका गाउँपालिकामध्ये निसीखोला दुर्गम गाउँपालिकाको रुपमा परिचित छ । यहाँ स्थानीय सरकारमा जनप्रतिनिधि निर्वाचित भएर आउनु पूर्व वडा मुकाममा समेत सडक सञ्जाल पुगेको थिएन । अहिले कच्ची सडकले निसीखोलाका हरेक वडा जोडेको छ । वडामा पुगेका सडकले बिचमा पर्ने गाउँ टोल र बस्ती जोडिसकेकाले अब भने गाउँपालिकाले सडकको स्तरोन्नतिमा ध्यान दिने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
मार्फा खोलामा बाढीले यातायात प्रभावित
चैत १६, २०८० शुक्रबार
महाजात्राको पहिलो सातामा भव्य व्यापार, ६ करोड २४ लाखको कमाई !
चैत १६, २०८० शुक्रबार
आइतबारदेखि मौसममा क्रमिक सुधार हुने
चैत १६, २०८० शुक्रबार
स्थानीय तहले सडक बत्तीको बक्यौता नतिरेको भन्दै प्राधिकरणले निकाल्यो सूचना
चैत १६, २०८० शुक्रबार
डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु
चैत १६, २०८० शुक्रबार
एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय
चैत १६, २०८० शुक्रबार