मान्छेलाई आक्रमण गरी ज्यान लिने पाटेबाघ नियन्त्रणमा
नेपालबहस संवाददाता
चैत ५, २०७७ बिहिबार १३:४३:४६
५ चैत, बर्दिया । बर्दियामा मान्छे र पशुचौपायालाई आक्रमण गरी ज्यान लिने पाटेबाघलाई नियन्त्रणमा लिइएको छ । मान्छे खान पल्किएको पाटेबाघलाई राष्ट्रिय निकुञ्जको टोलीले निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका क्षेत्रबाट डार्ट गरेर पाटेबाघलाई नियन्त्रणमा लिएको हो ।
बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्र तथा खाता जैविक मार्ग आसपासमा मान्छे तथा पशुचौपाया आक्रमण गरी ज्यान लिने पाटेबाघलाई निकुञ्जको प्राविधिक टोलीले डार्ट गरेर बुधवार बेलुका नियन्त्रणमा लिएको निकुञ्जले जनाएको छ। निकुञ्जका अनुसार यही बाघले नै सात जना मानिसलाई खाएको हुन सक्ने अनुमान छ ।
मान्छे खान पल्किएको पाटे बाघलाई बर्दिया निकुञ्जको प्राविधिक टोलीले गेरुवा क्षेत्रबाट नियन्त्रणमा लिएपछि निकुञ्ज मुख्यालय ठाकुरद्वारा लगिएको छ । नियन्त्रणमा लिइएको बूढो भाले बाघको खुट्टामा चोट रहेको र केही दाँतसमेत झरेको छ ।
मंगलबार दिउँसो एक महिलालाई पाटेबाघले आक्रमण गरेर ज्यान लिएलगत्तै निकुञ्जको प्राविधिक टोलीले बाघको अनुगमन गरिरहेको थियो । केही महिनादेखि पाटेबाघले मान्छेलाई आक्रमण गर्ने क्रम बढेसँगै निकुञ्जको टोली बाघ नियन्त्रण गर्न खटिएको थियो । यसअघि पनि बर्दियाको गेरुवा क्षेत्रबाट मान्छे पल्किएको एउटा बाघ निकुञ्जको टोलीले नियन्त्रणमा लिइसकेको छ ।
यसैबीच पाटेबाघले आक्रमण गर्ने डर बढेसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकलाई जङ्गलमा हिँडडुल गर्न रोक लगाइएको छ । केही महिनादेखि पाटेबाघको आक्रमण बढेको भन्दै निकुञ्जले विज्ञप्ति निकालेर निकुञ्जमा सञ्चालन भइरहेका पर्यटकीय गतिविधिमध्ये ‘जङ्गल वाक’ गर्न बन्द गरिएको जानकारी गराएको हो ।
पाटेबाघको आक्रमणबाट मंगलबार एक जना महिलाको ज्यान गएसँगै बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा यस वर्ष ज्यान गुमाउनेको सङ्ख्या १० पुगेको छ । पाटेबाघ आक्रमणका घटना दिनहुँ बढिरहेकाले बर्दिया राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यालयले सूचना जारी गरेर निकुञ्ज तथा डिभिजन वन र सामुदायिक वनमा गाईभैँसी चराउन तथा घाँस, दाउरा लिन नजान आग्रह गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनास्लुमा नौ महिनामा आठ हजार विदेशी पर्यटक भित्रिए
बैशाख ७, २०८१ शुक्रबार
के तपाई पदयात्रामा निस्किदै हुनुहुन्छ, कसरी गर्ने तयारी ?
बैशाख ७, २०८१ शुक्रबार
पर्यटनमा नयाँ गन्तव्य: पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार