अष्ट्रेलियन यी पाँच बलर जसले टी–२० मा सर्वाधिक विकेट लिने
नेपालबहस संवाददाता
चैत ५, २०७७ बिहिबार १७:१५:२७
काठमाडौँ । अष्ट्रेलिया वर्तमान क्रिकेटको उत्कृष्ट टिममध्ये एक हो । हाल अष्ट्रेलिया आईसीसी वरियताको तिनै प्रारूपमा तेस्रो स्थानमा छ ।
अहिलेसम्म अष्ट्रेलियाका लागि कयौँ क्रिकेटरले विभिन्न कीर्तिमान आफ्नो नाममा बनाइसकेका छन् । अष्ट्रेलियाका खेलाडी आईपीएलदेखि विभिन्न लिगमा प्रमुख रोजाईमा पर्छन् ।
शेन वाट्सन – क्रिकेटबाट संन्यास लिइसकेका स्टार अलराउन्डर शेन वाट्सन यो सूचीको शीर्ष स्थानमा छन् । उनी अष्ट्रेलियाका लागि टी-२० मा सर्वाधिक विकेट लिने खेलाडी हुन् ।
सुरुवातमा वाट्सन ब्याट्सम्यानभन्दा बलरको रूपमा परिचित थिए । तर, विस्तारै उनी ब्याट्सम्यानको रूपमा चिनिन थाले ।
वाट्सनले अष्ट्रेलियाका लागि २००६ देखि २०१६ सम्म टी-२० क्रिकेट खेले । त्यसक्रममा उनले ५८ म्याचको ४९ इनिङ्समा ७.६५ को इकोनमीमा ४८ विकेट लिए ।
मिचेल स्टार्क – अष्ट्रेलियाका लागि टी-२० मा सर्वाधिक विकेट लिने सूचीको दोस्रो स्थानमा मिचेल स्टार्क दोस्रो स्थानमा छन् । उनी वर्तमान विश्व क्रिकेटका स्टार बलरमध्ये एक हुन् ।
स्टार्कले अष्ट्रेलियाका लागि ३५ म्याचमा ६.९५ को उत्कृष्ट इकोनमीमा ४७ विकेट लिएका छन् । अन्तर्राष्ट्रिय टी-२० मा उनको उच्च प्रदर्शन ११ रन दिएर ३ विकेट लिनु हो ।
एडम जम्पा -यो सूचीको तेस्रो स्थानमा स्पिनर एडम जम्पाको नाम आउँछ । उनी अहिअष्ट्रेलियन यी पाँच बलर जसले टी–२० मा सर्वाधिक विकेट लिनेले पनि अष्ट्रेलिया टिमका महत्वपूर्ण सदस्य हुन् ।
जम्पाले हालसम्म अष्ट्रेलियाका लागि ४१ म्याचको ४० इनिङ्स खेलेका छन् । जसक्रममा उनले ६.९२ को इकोनमीमा ४३ विकेट हात पारेका छन् । अन्तर्राष्ट्रिय टी-२० मा जम्पाको उत्कृष्ट बलिङ प्रदर्शन १४ रन दिएर तीन विकेट लिनु हो ।
एन्ड्रयू टाय -अष्ट्रेलियाका लागि अन्तर्राष्ट्रिय टी-२० मा सर्वाधिक विकेट लिने सूचीको चौथो स्थानमा तीव्र गतिका बलर एन्ड्रयू टाय छन् । उनले हालसम्म २८ म्याचमा ८.९५ को इकोनमीमा ३९ विकेट लिएका छन् ।
अन्तर्राष्ट्रिय टी-२० मा टायको उच्च प्रदर्शन २३ रन दिएर ४ विकेट लिनु हो । उनले हालसम्म ९९.५ ओभर बलिङ गर्दा ८ सय ९३ रन खर्चिएका छन् ।
एश्टन अगर र मिचेल जोनसन –यो सूचीको पाँचौ स्थानमा स्पिनर एश्टन अगर र मिचेल जोनसनको नाम आउँछ । उनीहरूले समान ३८ विकेट लिएका छन् ।
अगरले हालसम्म ३२ म्याचमा ६.८७ को उत्कृष्ट इकोनमीमा ३८ विकेट लिएका हुन् । टी-२० मा उनको उच्च प्रदर्शन ३० रन दिएर ६ विकेट लिनु हो ।
पूर्वतीव्र गतिका बलर जोनसनले आफ्नो टी-२० करियरमा ३० म्याच खेल्दा ७.२८ को इकोनमीमा ३८ विकेट लिए । टी-२० मा उनको उच्च बलिङ प्रदर्शन १५ रन दिएर ३ विकेट लिनु हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टीम
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
म्नेस्टी इन्टरनेसनलले भन्यो, सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था
बैशाख १२, २०८१ बुधबार
लुम्बिनीका ७ जना मन्त्रीले पाए जिम्मेवारी
बैशाख १२, २०८१ बुधबार
बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु
बैशाख १२, २०८१ बुधबार
दयाहाङ र मिरुनाको फिल्म 'घरज्वाइँ' को पोस्टर सार्वजनिक
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार