जसपाकाे कार्यकारिणी समितिको बैठक स्थगित
नेपालबहस संवाददाता
चैत ५, २०७७ बिहिबार १८:५:५
५ चैत, काठमाडौ । सत्ता समीकरणको साँचो बोकेर बसेको जनता समाजवादी दलको आज बस्ने भनिएको कार्यकारिणी समितिको बैठक अचानक स्थगित भएको छ । नेकपा एमाले अध्यक्ष केपी ओली नेतृत्वको वर्तमान सरकारको विकल्पमा जसपासहित नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सम्मिलित नयाँ समीकरण बनाउने निर्णय गर्ने भनिएको आजको बैठक स्थगित भएको उक्त पार्टीका नेता राजकिशोर योदवले बताए ।
आवश्यक तयारी पूरा भइनसकेकाले आजको बैठक स्थगित भएको हो – नेता यादवले बताए । उनले बैठक तत्कालै बस्ने जानकारीसमेत दिए ।
ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा गर्ने भनिएको बैठक बस्नुअघि कार्यकारिणी समितिको अनौपचारिक बैठक बसेको थियो । सो बैठकले सत्ता समीकरणबारे नेपाली कांग्रेसले ठोस नीति नबनाएकाले कसरी जाने भन्ने नै अन्योल भएको भन्दै पहिला यसबारे अनौपचारिक बैठक गरेर मात्रै कार्यकारिणी समितिको बैठक बस्दा उचित हुने अधिकांशको धारणा पाइएको सहभागी एक नेताले बताए ।
जसपा कार्यकारिणी समितिमा ५१ जना सदस्य रहेका छन् । पार्टीको सबैभन्दा शक्तिशाली निकायका रुपमा समिति रहेकोछ । समितिमा पूर्व समाजवादीका तर्फबाट २६ र राष्ट्रिय जनता पार्टीका तर्फबाट २५ जना सदस्य रहेका छन् । नयाँ सरकार निर्माण गर्ने सन्दर्भमा पार्टी भित्र दुई धार रहेको छ ।
पूर्व समाजवादी ओलीलाई तत्कालै पदमुक्त गर्नुपर्ने पक्षमा उभिएको छ भने पूर्व राजपा चाहिं ओली नेतृत्वमै जाँदा पार्टीलाई लाभ हुने तर्क गरिरहेको छ । यसबारे पदाधिकारी बैठकले टुंग्याउन नसकेपछि कार्यकारिणी समितिबाट निर्णय गर्न लागिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार