कुमारी इक्विटी फण्डकाे इकाई बाँडफाँड, २० लाख इकाईसम्म आवेदन दिने सबैले पाए
नेपालबहस संवाददाता
चैत ५, २०७७ बिहिबार १८:५६:३८
५ चैत, काठमाडौँ । कुमारी क्यापिटल लिमिटेडको १० करोड इकाई कुमारी इक्विटी फण्ड बाँडफाँट भएको छ । बिहीबार कम्पनीको कार्यालयमा एक कार्यक्रम आयोजना गरी बाँडफाँट गरिएको हो ।
कम्पनीले प्रति इकाई १० रुपैयाँका दरले ८ करोड इकाई फागुन १४ गतेदेखि फागुन २८ गतेसम्मका लागि निष्कासन गरेको थियो । जसमा मागभन्दा १३६ गुणा बढी दरखास्त परेकाले नियम अनुसार बढीमा २५ प्रतिशतसम्म थप गर्न सक्ने व्यवस्था अनुसार १० करोड इकाई बाँडफाँट गरिएको हो ।
जसमध्ये १५ प्रतिशत विजपूँजी वापतको १ करोड ५० लाख इकाई कोष प्रबर्द्धक कम्पनी कुमारी बैंकलाई बाँडफाँट गरिएको र बाँकी रहेको ८ करोड ५० लाख इकाई आवेदकलाई रितपूर्वक बाँडफाँट गरिएको हो ।
जसमा रितपूर्वक आवेदन दिने ९४ हजार ७३३ जनालाई इकाई बाँडफाँट गरिएको हो । आवेदन दिनेमध्ये ७५ वटा संस्था र बाँकी व्यक्तिगत रुपमा आवेदन परेको थियो ।
कम्पनीका अनुसार १०० देखि २० लाख इकाई आवेदन दिनेलाई मागबमोजिम नै बाँडफाँट गरिएको छ भने २० लाख इकाईभन्दा माथिल्लो समूह अर्थात् २५ लाखदेखि ५० लाख इकाईसम्म माग गरी दरखास्त दिने प्रत्यके ७ जनालाई २४ लाख ६ हजार ६७० इकाईका दरले जम्मा १ करोड ६८ लाख ४६ हजार ६९० इकाई बाँडफाँट गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
आज नेप्सेमा दोहोरो अङ्कको गिरावट
चैत १४, २०८० बुधबार
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार