धनगढीमा किसान सूचीकरण अभियान शुरु
नेपालबहस संवाददाता
चैत ५, २०७७ बिहिबार २०:२६:५
५ चैत,धनगढी । धनगढी उपमहानगरपालिका– १० का किसान देवराज चौधरी औधी खुशी मुद्रामा भेटिए । किसान सूचीकरणमा नाम दर्ता गराउने कार्य शुरुआत भएपछि उनी खुशी देखिएका हुन् । उनले भने,‘‘सूचीकरण गर्ने व्यवस्थाबाट पहिचान हुने सबै किसानले सेवा सुविधा पाउन सहज हुने देखिएको छ । वास्तविक किसानका हित हुन्छ ।’’
सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा हालै दर्ता शुभारम्भ गरिएको थियो । समारोहमा उनी सहित किरन रानाथारु र वडा नं ३ का मनोज पडाललाई नमूनाको रुपमा किसान परिचयपत्र वितरण गरिएको थियो । च्याउखेती गरिरहेका पडालले किसान सूचीकरण कार्यको प्रभावकारी कार्यान्वयनले कृषिमा अब नयाँ युगको शुरुआत हुने बताए ।
उनले भने, ‘‘सरकारले दिने अनुदानको नीति पनि अब प्रतिफलमा आधारित बनाउन सके कृषि विकासमा फड्को मार्नसक्छ ।’’किसानको शुद्धिकरण गर्दै वास्तविक किसानको पहिचान स्थापित गर्न र परिचयपत्रका आधारमा लाभग्राही किसान छनोट गर्न यो सूचीकरणको काम थालिएको हो । स्थानीय तहमार्फत् किसान सूचीकरणको प्रविष्ट गर्न लागिएको मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा हेमराज अवस्थीले बताए । उनले भने,‘‘यसको कार्यान्वयनवाट कृषि पेशलाई सम्मानित पेशाका रुपमा स्थापित गर्न मद्दत पुग्ने छ ।’’
निर्वाहमुखी र परम्परागत कृषि कार्यमा परिवर्तन गर्दै कृषिको उत्पादन र उत्पादकत्व वृद्धिमा सुधार ल्याउन पनि यो सूचीकरण कार्य सहयोगी हुने जनाइएको छ । एक तथ्याङ्कका अनुसार झण्डै ६३ प्रतिशत मानिस कृषि पेशामा आबद्ध रहेको अनुमान छ । किसानको वास्तविक विवरण पत्ता लगाउनका लागि प्रविधिको प्रयोग गरेर किसानको लगत सङ्कलन अर्थात् सूचीकरण थालिएको हो । यस कार्यले किसानको अभिलेख तयार पारी परिचयपत्रमार्फत् किसानको पहिचान स्थापित गराउने जनाइएको छ ।
कृषिलाई महत्पूर्ण क्षेत्रको रुपमा समेटेको डिजिटल नेपाल फ्रेमवर्कको प्रविधिमा आधारित भएर किसानको अभिलेख तयार गर्न लागिएको जनाइएको छ । किसान सूचीकरण नम्बर प्राप्त गर्न किसानले तोकिएको विवरण प्रविष्ट गर्नुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरञ्जिताको इच्छाविपरित सुदूरपश्चिममा नाउपाका ५ मन्त्री
चैत १५, २०८० बिहिबार
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमयुर गणना सुरु
चैत १५, २०८० बिहिबार
अछाममा ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु
चैत १२, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार