प्रहरी चौकीको नयाँ भवन निर्माण
नेपालबहस संवाददाता
चैत ५, २०७७ बिहिबार २०:५७:१३
५ चैत,मकवानपुर । मकवानपुरका दुई प्रहरी चौकीको नयाँ भवन निर्माण सम्पन्न भएको छ । मकवानपुरको बकैयास्थित हात्तीसुँढे प्रहरी भवन र राक्सिराङ गाउँपालिका–९ स्थित प्रहरीचौकी भवनको निर्माण पूरा भएको हो । भवन निर्माणपछि वर्षौदेखि जीर्ण भवनमा निकै कष्टका साथ बस्दै आएका प्रहरीलाई अब भने सहज हुने बताइएको छ । जिल्लाका अन्य चार प्रहरी कार्यालयका भवन निर्माणाधीन अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठोरले जानकारी दिए ।
मकवानपुरको डाँडाखर्क, ठिङ्गन, जिल्ला ट्राफिक प्रहरी र रातोमाटेमा प्रहरीका लागि भवन निर्माण हुँदै गरेको उनले जानकारी दिए । तर अझै छवटा प्रहरीका भवन अत्यन्तै जीर्ण अवस्थामा रहेको र भाडाका घरमा कष्टका साथ बस्नुपर्ने बाध्यता रहेको छ ।
हेटौँडाको वडा प्रहरी कार्यालय चौकीटोलमा रहेको प्रहरीचौकी भाडाका घरमा बसेको छ । यसमा निकै कठिनाइ भोग्नुपरेको छ । यसैगरी हेटौँडाको पशुपतिनगर, बसपार्क, भीमफेदी, पालुङ, भैँसेमा रहेको प्रहरीको भवन अत्यन्तै जीर्ण अवस्थामा रहेको एसपी राठोरले जानकारी दिए । जीर्ण रहेका प्रहरीका भवनमा निकै कठिनाइका साथ प्रहरीले काम गर्न बाध्य भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सेमिफाइनलमा युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्दै
बैशाख ७, २०८१ शुक्रबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
इरानको पेट्रोलियम पदार्थको निर्यात ६ गुना बढ्यो
बैशाख ७, २०८१ शुक्रबार
आज कति छ सुनचाँदीको मुल्य
बैशाख ७, २०८१ शुक्रबार
बेहुला सहित ५५ जना जन्ति बोकेको बस दुर्घटना हुँदा मृत्युहुने तीन जनाकै सनाखत
बैशाख ७, २०८१ शुक्रबार
भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
बैशाख ७, २०८१ शुक्रबार