दिवा खाजा कार्यक्रमले विद्यालयमा विद्यार्थी नियमित
नेपालबहस संवाददाता
चैत ६, २०७७ शुक्रबार १४:१९:३२
६ चैत,भरतपुर । चितवनको कङ्काली माध्यमिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन भएपछि विद्यार्थी नियमित हुन थालेका छन् । सङ्घीय सरकारले नर्सरीदेखि कक्षा ५ सम्म दिवा खाजा शुरु गरेको हो । यसअघि नर्सरीलाई मात्रै नगरपालिकाले खाजाको व्यवस्था गर्दै आएको थियो । दिवा खाजा कार्यक्रमले विद्यार्थी नियमित विद्यालय आउने गरेको विद्यालयका प्रधानाध्यापक अञ्जना आचार्यले बताइन् ।
दिवा खाजामा महिनाको एक दिन सो विद्यालयमा मासु पुलाउको समेत व्यवस्था गरिएको छ । त्यसबाहेक तरकारी भुजा, चिउरा, खिर, हलुवा, जाउलो तालिका बनाएर दिइने गरिएको प्रधानाध्यापक आचार्यले जानकारी दिए । मासु पुलाउ तालिकामा नभए पनि महिनाको एक दिन दिइएको छ । विद्यालयमा बाल विकासदेखि कक्षा ५ सम्ममा ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । कूल विद्यार्थी ६५७ छन् । बाल विकासमा ८८ विद्यार्थी रहेकामा खाजा कार्यक्रमपछि ९३ पुगेको प्रधानाध्यापक आचार्यले बताए ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष झण्डै १०० विद्यार्थी थपिएका छन् । त्यसमा निजी विद्यालय छाडेर आउने पनि छन् । मध्यमस्तरका अभिभावकले निजी विद्यालयबाट आफ्ना छोराछोरीलाई यस विद्यालयमा ल्याएको प्रधानाध्यापक आचार्यको भनाइ छ । विसं २०२४ मा स्थापना भएको सो विद्यालयमा शैक्षिक गुणस्तर वृद्धिका लागि कम्प्युटर कक्षा वृद्धि, ५ कक्षासम्म पूर्णरूपमा अङ्ग्रेजी माध्यम र ६ देखि ९ कक्षासम्म गणित तथा विज्ञान अङ्ग्रेजी माध्यमबाट पढाइ, निगरानी, अनुगमन, शैक्षिक परामर्श, अभिभावक भेला, नर्सरीदेखि कक्षा ५ सम्म एउटा कक्षा प्रोजेक्टरको माध्यमबाट सिकाइ हुँदै आएको छ ।
खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरी सामुदायिक विद्यालयको नजिता प्रभावकारी बनाउन शिक्षक, विद्यार्थी अभिभावक जिम्मेवार हुनुपर्ने बताउछन् । “सामुदायिक विद्यालयको नजिता क्रमशः सुधार हुँदैछ”, नगरप्रमुख चौधरीले भने, “सबै जिम्मेवार भए निजी विद्यालयको जस्तै नजिता दिन सकिन्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड
बैशाख ६, २०८१ बिहिबार
महानगरका महिला जनप्रतिनिधि र कर्मचारीको क्यान्सर जाँच शिविर
बैशाख ४, २०८१ मंगलबार
वैशाख १९ गतेदेखि कामपाले एक महिने ‘सीप मेला’ आयोजन गर्ने
बैशाख ४, २०८१ मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार