जोखिम न्यूनीकरणका लागि जैविक तटबन्ध निर्माण
नेपालबहस संवाददाता
चैत ६, २०७७ शुक्रबार १४:४०:३०
६ चैत,कञ्चनपुर । लालझाडी गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाबीच बिहीबार जैविक तटबन्ध निर्माणका लागि सम्झौता गरिएको छ । प्रकोप सङ्कटापन्नामा रहेका समुदायमा हुन सक्ने सम्भावित क्षतिको मात्रालाई कम गर्न समुदायस्तरमा बायो इञ्जिनीयरिङ (जैविक तटबन्ध) मार्फत विपद् जोखिम न्यूनीकरण क्रियाकलाप सञ्चालन गर्नका लागि सम्झौता गरिएको हो ।
वडा नं १ विनवारी, वडा नं २ कञ्ज, वडा नं ३ नन्दगाउँ र वडा नं ४ खल्ला जाइँको दोदा नदीमा एक हजार ८०० मिटर लम्बाइको जैविक तटबन्ध निर्माणका लागि रेडक्रसले सञ्चालन गरेको एमरेड परियोजनासँग लागत सहभागितामा सहकार्य गर्ने सम्झौता गरिएको गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले बताए ।
जैविक तटबन्ध निर्माणका लागि गाउँपालिकाले रु २० लाख र परियोजनाका तर्फबाट रु १० लाख रकम व्यहोर्ने सम्झौता भएको उनले बताए । विगतमा रेडक्रससँग सहकार्य गरी दोदालगायतका नदीमा निर्माण गरिएका तटबन्ध प्रभावकारी देखिएपछि गाउँपालिकाले सहकार्य गरेको उनले जानकारी दिए । ढुङगा र तारजालीका तटबन्ध निर्माण गर्दा धेरै खर्चिलो हुनाका साथै बढी श्रम लाग्ने भएकाले यसको तुलनामा जैविक तटबन्धमा थोरै रकमले धेरै काम गर्न सकिने र भरपर्दोसमेत हुने भएकाले यसलाई अगाडि बढाइएको उनले बताए ।
“विगतमा नदीको बाढीले भूक्षय गर्दै आएको जग्गा हाल जैविक तटबन्धका कारण जोगिएको छ”, उनले भने, “स्थानीय बासिन्दाको मागलाई मध्यनजर गर्दै जैविक तटबन्ध निर्माणलाई निरन्तरता दिइँदै आएको छ, गाउँपालिकाका अधिकांश बासिन्दा दोदा नदीका कारण विगतमा विस्थापनमा परेका थिए, जैविक तटबन्ध निर्माण हुन थालेपछि विस्थापनको क्रमसमेत रोकिएको छ ।”
रेडक्रसले जैविक तटबन्ध निर्माणका लागि विपद् जोखिम न्यूनीकरणसँगै आर्थिक विकास गरी जीविकोपार्जनमा सहज गर्नका लागि समुदायमा सहभागितामूलक विपद् तथा जलवायु उत्थानशील योजना तर्जुमा गर्ने कामसमेत गर्दै आएको एमरेड परियोजनाका अधिकृत महेश घिमिरेले बताए ।
उनका अनुसार गाउँपालिकाले स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्ययोजना तर्जुमा गरेको छ । एमरेड परियोजना सन् २०२० देखि २०२२ सम्म जिल्लाका कृष्णपुर, शुक्लाफाँटा, बेलौरी र पुर्नवास नगरपालिका तथा लालझाडी गाउँपालिकामा गरी ३२ बढी समुदायमा सञ्चालन भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बैशाख ११, २०८१ मंगलबार
मुख्यमन्त्री सोडारीविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अश्विकार
बैशाख १०, २०८१ सोमबार
सोडारीविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश
बैशाख १२, २०८१ बुधबार
सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : पीडित अझै अस्थायी टहरामा
बैशाख १२, २०८१ बुधबार