डेब्यू म्याचमै सूर्यले रचे इतिहास, बनाए २ कीर्तिमान
नेपालबहस संवाददाता
चैत ६, २०७७ शुक्रबार १६:३६:१५
काठमाडौं । भारतीय क्रिकेट टिमका ब्याट्सम्यान सूर्यकुमार यादवले नयाँ कीर्तिमान बनाएका छन्। उनले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटको पहिलो पारीमै छक्काबाट खाता खोल्ने ब्याट्सम्यानको रेकर्ड आफ्नो नाममा लेखाएका छन्।
इंग्ल्याण्डसँगको पाँच म्याचको टी–२० सिरिजअन्तर्गतको चौथो खेलमा उनले पहिलो बलमै छक्का हिर्काए। योसँगै उनी अन्तर्राष्ट्रिय टी–२० करियरको पहिलो बलमै छक्का प्रहार गर्ने पहिलो भारतीय ब्याट्सम्यान बनेका छन्।
समग्र विश्व क्रिकेटमा भने यो कीर्तिमान बनाउने सूर्य आठौँ ब्याट्सम्यान हुन्।
यसअघि पाकिस्तानका सोहेल तनवीर, वेष्ट इण्डिजका जेरोम टेलर, जेभियर मार्शल, किरण पोलार्ड, टिनो बिस्ट, दक्षिण अफ्रिकाका मंगलिसो मोसेले र आयरल्याण्डका मार्क आदिरले पहिलो पारीको पहिलो बलमै छक्का हिर्काइसकेका छन्।
सूर्यकुमारले आफ्नो पहिलो अन्तर्राष्ट्रिय टी–२० पारीमा ३१ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ५७ रन बनाए। उनले डेब्यू टी–२० मा ब्याटिङको मौका पाएका थिएनन्। यसका साथै उनले अर्को उपलब्धि पनि हासिल गरेका छन्।
उनी पहिलो पारीमै भारतका लागि सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा उक्लिएका छन्।
उनले इशान किशनलाई पछि पारेका छन्। इशानले पहिलो पारीमा ५६ रन बनाएका थिए।
यस सूचीको पहिलो स्थानमा अजिंक्य रहाने छन्। उनले अन्तर्राष्ट्रिय टी–२० को पहिलो पारीमा ६१ रन बनाएका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टीम
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
कतारका राजा अमिर थानी काठमाडौं आइपुगे ( फाेटाे फिचर )
बैशाख ११, २०८१ मंगलबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
आयुर्वेद औषधालयमा बिरामीलाई चौबिसै घण्टा सेवा
बैशाख १२, २०८१ बुधबार
चिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै
बैशाख १२, २०८१ बुधबार
जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित
बैशाख १२, २०८१ बुधबार