शुक्रबार , बैसाख १०, २०७८

जडीबुटी सहकारी संघ गठन

जडीबुटी सहकारी संघ गठन

६ चैत,पाँचथर । जिल्ला जडीबुटी सहकारी संघ गठन गरिएको छ । यहाँ सक्रिय रहेका जडीबुटी सहकारीको फिदिममा भएको भेलाले पेम्बा शेर्पाको अध्यक्षतामा जिल्ला संघ गठन गरेको हो ।

जिल्लामा क्रियाशील रहेका १३ जडीबुटी सहकारीको सहभागितामा संघ गठन गरिएको हो । नवगठित संघको उपाध्यक्षमा तेजबहादुर आङथुपो, सचिवमा डिल्लीप्रसाद मुखिया र कोषाध्यक्षमा स्मृति शेर्मा निर्वाचित भएका छन् । यस्तै सदस्यमा अनिल केरुङ, गुनेन्द्र सम्बाहाम्फे, अनिता इजम र चिरञ्जिवी आङ्देम्बे रहेका छन् । एक सदस्य मनोनयन गर्न बाँकी रहेको नवनिर्वाचित समितिले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

जडीबुटी सहकारी संघ केन्द्रीय समितिका अध्यक्ष ईश्वरी पाण्डेको प्रमुख आतिथ्यतामा जिल्ला संघ गरिएको हो । उनले जडीबुटी सहकारीको संवद्र्धनमार्फत जडीबुटी उत्पादन वृद्धि गरी जडीबुटी उत्पादकको आर्थिक अवस्था सुधार गर्नुपर्नेमा जोड दिए । जडीबुटी क्षेत्रमा रहेको प्रचुर सम्भावनालाई सदुपयोग गर्न संघले निरन्तर भूमिका खेल्ने उनको भनाइ थियो ।

संघमा तीनचुले जडीबुटी सहकारी, तुम्बेवा जडीबुटी सहकारी, सेहोनाम्लाङ जडीबुटी सहकारी, दाजुभाइ जडीबुटी कृषि सहकारी, फाल्गुनन्द जडीबुटी कृषि सहकारी, कमलपोखरी जडीबुटी कृषि सहकारी, फक्ताङलुङ जडीबुटी उत्पादन तथा प्रशोधन सहकारी, तीनसिमाना जडीबुटी कृषि सहकारी, दोङसोच जडीबुटी कृषि सहकारी, श्रीसेवा जडीबुटी कृषि सहकारी, जोरपोखरी जडीबुटी कृषि सहकारीलगायतका सहकारी आवद्ध भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय