ओली नक्कली एमालेः नेपाल
नेपालबहस संवाददाता
चैत ६, २०७७ शुक्रबार २०:११:३७
६ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीले पार्टी निर्माणमा कुनै भूमिका नखेलेको भन्दै उनलाई नक्कली एमालेको संज्ञा दिएका छन् । आफू निकट अखिल नेपाल महिला संघको भेला आज उद्घाटन गर्दै यस्तो संज्ञा दिएका हुन् । ओलीले धेरै फूर्ति नगरे हुन्छ, एमाले पार्टी निर्माणमा उनको भन्दा बढी योगदान अरुको छ – नेता नेपालले भने ।
अहिले प्रकारान्तरले उनी अध्यक्ष भएका छन्, तर उनी सक्कली एमाले होइनन् भन्दै नेता नेपालले ओली नक्कली एमाले भएकाले पार्टीमा उनको हैकम नचल्ने प्रष्ट पारे । हामीलाई एमालेमा स्वागत गर्न उनी माओवादीलाई अह्राउँछन्,तर उनी आफैं चाहिं एमाले होइनन् – नेपालको आरोप छ ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले गत फागुन २८ गते नेकपा माओवादी केन्द्रका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । उनीहरुले नेता नेपाल लगायतका नेतालाई एमालेमा स्वागत छ भनेको प्रसंग झिक्दै उनले भने–ओलीले हामीलाई एमाले भित्र आउन यस्ता लाउकेको प्रयोग गर्न थालेका छन् ।
ओली एमाले नभएर बरु आफूलाई माले दाबी गर्न सक्छन् भन्दै नेता नेपालले अब एमाले भित्र उनको दादागिरी लामो नचल्ने बताए । ओलीको घमण्ड र अहंकारले देशले ठूलो क्षति ब्यहोरेको चर्चा गर्दै नेता नेपालले अब पनि नसच्चिने हो भने इतिहासले निर्ममतापूर्वक समीक्षा गर्ने बताए । सिद्धान्तनिष्ठ राजनीति गरौं , धेरै तुजुक नदेखाउ भन्दै उनले ओली प्रवृत्ति विरुद्ध निरन्तर संघर्ष गर्ने पनि उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी
बैशाख ८, २०८१ शनिबार
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ
बैशाख ८, २०८१ शनिबार
मनाङ आउने पर्यटकको रोजाइमा 'होमस्टे'
बैशाख ८, २०८१ शनिबार
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
बैशाख ८, २०८१ शनिबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार