शुक्रबार , बैसाख १०, २०७८

सञ्चार सहकारीले कोभिडको समयको ब्याज मिनाहा गर्ने

सञ्चार सहकारीले कोभिडको समयको ब्याज मिनाहा गर्ने

७ चैत, काठमाडौं । सञ्चार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभाले कोभिडको समय ‘२०७६ चैतदेखि २०७७ फागुन मसान्तसम्म’ ऋणीलाई ब्याज मिनाहा गर्ने निर्णय गरेको छ । संस्थाको आज आयोजित वार्षिक साधारणसभाले उक्त निर्णय गरेको हो ।

साधारणसभाले खराब ऋणीलाई पटकपटक पत्राचार गरेको तर सम्पर्कमा नआएकाले कानूनी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । संस्थाका अध्यक्ष प्रदीप चापागाईले पाँच जना खराब ऋणी रहेको र पटकपटका पत्राचार गर्दा पनि सम्पर्कमा नआएकाले पुनः एकपटक पत्राचार गर्ने नत्र कानूनी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको बताए । सञ्चार क्षेत्रमा क्रियाशील पत्रकारको उक्त सहकारीमा कूल आम्दानी कूल रु सात लाख ५७ हजार १४४ रहेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय