आजदेखि मेचीपारि नेपाली बस्तीमा पहिलोपल्ट बल्यो बिजुली
नेपालबहस संवाददाता
चैत ७, २०७७ शनिबार २१:४३:१९
७ चैत, झापा । नेपालको सिमाना मेची नदीपूर्वका चार बस्ती नेपाली भूभागभित्र पर्दछन् । तीमध्ये मेचीनगर नगरपालिका–१५ स्थित तीन बस्तीमध्येको ग्वालबस्तीका १७ घरमा आजदेखि बिजुली बत्ती बलेको छ ।
शिक्षा, स्वास्थ्य र यातायातलगायतका विकासको पूर्वाधार नपुगेका ती गाउँका अधिकांश बासिन्दा अझै टुकी र लालटिन बत्तीमा निर्भर थिए । केही घरमा दुई बल्भसम्म बल्ने सौर्य उपकरण थिए । वर्षौंदेखि लगभग अन्धकार रहेको मेचीपारिको ग्वालबस्तीमा मेचीनगर नगरपालिका र नेपाल विद्युत् प्राधिकरणको भद्रपुर वितरण केन्द्रले बिजुली बत्ती पु¥याएको हो ।
मेचीनगर क्षेत्रमा मेची नदीपारि रहेको ग्वालबस्तीमा, सिसौडाँगी र झाडुबस्तीमा १५० परिवार बसोबास गर्दै आएका छन् । तीमध्ये ग्वालबस्तीका १७ परिवारलाई आजै निःशुल्क मिटर जडान गरेर मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र उपप्रमुख मिना उप्रेतीले संयुक्तरुपमा बिजुलीको स्वीच थिचेर बत्ती बाले
अन्य बस्तीमा समेत बिजुली बत्ती बाल्लका लागि धमाधम खम्बा गाड्ने काम भइरहेको मेचीनगर– १५ का वडाध्यक्ष गुणराज भट्टराईले बताए । बाँकी रहेका दुई बस्तीमा यसै महीनाभित्र बिजुली बालिसक्ने लक्ष्य रहेको उनले जानकारी दिए । मेचीपारिका बस्तीमा प्रायः यादव, सन्थाल र पाहान जातिको बसोबास छ ।
बर्खामा मेची नदीमा बाढी आउँदा यी बस्ती नेपालतिरको भूभागबाट कम्तीमा तीन महीना सम्पर्क विच्छेदको अवस्थामा रहन्छन् । स्थानीयवासीले वर्षौंदेखि नदीमा पुलको माग गर्दै आए तापनि मागको सुनुवाइ हुन सकेको छैन ।
नगरपालिकाले नदीमा झोलुङ्गे पुल निर्माणको पहल गरिरहेको उपप्रमुख उप्रेतीले बताए । मेची पारिका तीन बस्तीमा एउटा आधारभूत विद्यालय सञ्चालन भइरहेको छ । नदीमा पुल नभएका कारण नदी पश्चिमबाट शिक्षक बर्खायाममा विद्यालय जान नसक्दा पठनपाठन बन्द हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्नाकोटका सयौँ नागरिक घण्टौको यात्रा गरेर पानी बोक्न बाध्य
बैशाख ५, २०८१ बुधबार
उद्घाटनमा तामझाम, आधा वर्ष वित्यो आएन पानी
चैत ३०, २०८० शुक्रबार
ब्रेक थ्रु भयो मंगले राहुघाटको १९०० मिटर लामो सुरुङ, लागत १४ अर्ब
चैत २९, २०८० बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार