पार्टीभित्र गुटगत काम गर्नेलाई कारबाही गरिने : ओली
नेपालबहस संवाददाता
चैत ७, २०७७ शनिबार २२:६:१७
७ चैत, काठमाडौं । प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी ओलीले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सक्ने ल्याकत कसैमा नदेखिएको बताएका छन् ।प्रधानन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले आफूले त्यस्तो ल्याकत कसैमा नदेखेको बताएका हुन् ।
उनले पार्टीभित्र गुटगत काम गर्ने कसैलाई बाँकी नराखी सबैलाई कारबाही गरिने बताए । ओलीले बैठकमा पार्टी उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई एकताको कुरा छाड्न आग्रह गरेका थिए ।
गौतमले सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने फैसला गरेपछि आफू खुसी भएको बताए । उनले दलको बैठकमा आफूलाई ह्वीप नलाग्ने बताएका थिए । राष्ट्रपतिबाट मनोनित सदस्य भएकाले दलले ह्वीप नलाग्ने उनको भनाइ थियो । तर, दलको ह्वीप मान्ने उनको भनाइ थियो ।
दलको बैठकले विधान संशोधन पारित गरेको छ । विधान विधानलाई केन्द्रीय समितिमा लैजाने निर्णय गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । भट्टराईले नेपालको संविधान, एमालेको विधान र राजनीतिक दल सम्बन्धी ऐन अनुकूल हुने गरी विधान संशोधन गरेको बताए ।
नयाँ व्यवस्थामा २७ सदस्य रहेको संसदीय बोर्डमा सदस्य संख्या २९ जना पुर्याउने र एकतिहाइ महिला रहने व्यवस्था भएको जानकारी उनले दिए । विधानमा संसदीय दलको उपनेता नेताले मनोनयन गर्ने व्यवस्था गरिएको पनि भट्टराईले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार