नेपाली सेनाबाट अवकाशपछि मौरीपालनमा अब्बल
नेपालबहस संवाददाता
चैत ७, २०७७ आइतबार ०:११:५
७ चैत, धादिङ । सामान्यतया जागिरे जीवनबाट बिदा भएर घर आएपछि मानिस आराम गरेर बस्ने गर्छन् । सेवाबाट अवकास लिएर घर बसेका मानिसका छोराछोरी विदेशमा छन् भने बुढेसकालमा उनीहरु केही काम गरेको देखिँदैन । नीलकण्ठ नगरपालिका– १४ धुवाँकोटका ५३ वर्षीय नारायण घिमिरे भने नेपाली सेनाबाट अवकाश भएपछि नमूना किसान भएका छन् ।
सेवा निवृत्त भए पनि समयको सदुपयोग गर्दै धादिङबेसीको व्यस्त बजारमा मौरीपालन गरेर आफू सक्रिय भएको उनी बताउछन । एक सय ५० घार मौरीपालन गर्दै आएका घिमिरे श्रीमती र कान्छा छोरा, बुहारीसँगै बस्दै आएका छन । शहरी जनजीवन रहेको व्यस्त बजारमा मौरीपालन गरेर आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण घिमिरेले दिए ।
घिमिरेको मौरी साथि जस्तै लुटुपुटु हुने गर्नाले बिहान उठ्ने र घार हेर्ने गर्नु नियमित दिनचर्या बनेको छ । घारमा भएका मौरीको कुनै समस्या छ वा मौरीलाई अन्य रोगले आक्रमण ग¥र्यो कि भन्ने चिन्ता जहिले पनि हुने गरेको उनी बताउछन् ।
धुवाँकोट, पुच्छारबजार र शान्तबजारमा मौरीपालन गर्दै आएका घिमिरे १८ वर्षदेखि मौरीसँग साइनो गाँसी रहेका छन । घिमिरेले एक किलोग्राम महको रु एक हजार र मौरीसहितको घारको रु चार हजार ५०० मा बिक्री गर्ने गरेको बताए । वर्षभरमा खर्च कटाएर रु डेढ लाखदेखि रु पाँच लाखसम्म आम्दानी हुने गरेको घिमिरे बताउछन ।
अरु व्यवसायीलाई बन्दाबन्दीले असर पारे पनि घिमिरेको मौरीपालनबाट लिने आम्दानीमा भने कुनै असर गरेन । सेवाबाट अवकाश लिइसकेका घिमिरेले विदेश जानुभन्दा आफ्नै देशमा बसेर केही गर्ने चाहना भएकाले र मौरीपालनसम्बन्धी चासो लागेको भएर मौरीपालन पेशा अंगालेको बताए । मौरीपालनको व्यावहारिक ज्ञान भएका घिमिरे अरुलाई समेत तालीम दिने गर्दै आएका छन् ।
मौरी व्यवसायमा संलग्न भए पनि खेतीपाती गर्न आनन्दले पुग्ने उनी बताउछन । वर्षभरि मौरी पाल्ने र जेठ, कात्तिक र चैतमा मौरीबाट मह निकाल्ने गर्दै आएकाले यस समय मौरीलाई बढी नै स्याहार गर्नुपर्ने उनको भनाइ छ । सेना दिवसका अवसरमा घिमिरेलाई नेपालको उत्कृष्ट कृषकका रुपमा छनोट गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार