ट्रक मर्स्याङ्दी नदीमा खस्दा चालकसहित ५ जना घाइते
नेपालबहस संवाददाता
चैत ७, २०७७ आइतबार ३:५१:२४
७ चैत, पोखरा । मनाङको नासों गाउँपालिका-३ मा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । लमजुङको बेंसीसहरबाट मनाङ सदरमुकाम चामेका लागि छुटेको ट्रक मर्स्याङ्दी नदीमा खस्दा ट्रकका चालक, सहचालकसहित अन्य ५ जना घाइते भएका छन् ।
ध १ ख ५९२ नम्बरको ट्रक दुर्घटनामा परी नासों गाउँपालिका–४ ओडारका ३५ वर्षीया मनिषा गुरुङ, उनकी बहिनी २६ वर्षीया जलकाशी गुरुङ र मनिषाको छोरा अन्दाजी ६ वर्षीय लिउन गुरुङको मृत्यु भएको मनाङका प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए ।
शनिबार दिउँसो साँढे ३ बजेतिर दुर्घटनामा परेको ट्रकले सिमेन्ट बोकेर मनाङका लागि छुटेको थियो । उकालोमा अनियन्त्रित भई ट्रक ४० मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक सुमन तामाङ, सहचाहक लक्ष्मण नेपाल, नासों गाउँपालिका ४ का अन्दाजी ६ बर्षीय थिउन गुरुङ, सोही वडाका अन्दाजी ६र७ वर्षीय निहल गुरुङ र चामे गाउँपालिका ४ ओडारकै २५ वर्षीय धनमान विश्वकर्मा घाइते भएका छन् । घाइते सुमन तामाङ ट्रकका धनीसमेत हुन् ।घाइते ५ जनालाई जिल्ला अस्पताल लमजुङ पुर्याइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु
चैत १६, २०८० शुक्रबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
पोखराको पर्यटन प्रवर्द्धन गर्न वाणिज्य संघको जिल्ला यात्रा
चैत १६, २०८० शुक्रबार
सुनको मूल्यमा नयाँ रेकर्ड, १ लाख ३० हजारमा कारोबार
चैत १६, २०८० शुक्रबार
अग्नी रेखा निर्माण गर्दै उपभोक्ता
चैत १६, २०८० शुक्रबार
सगरमाथा क्षेत्रमा याकमार्फत सामान ढुवानी
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक
चैत १६, २०८० शुक्रबार
मार्फा खोलामा बाढीले यातायात प्रभावित
चैत १६, २०८० शुक्रबार