जिल्लामै पहिलो पशुमैत्री उद्यान निर्माण
नेपालबहस संवाददाता
चैत ८, २०७७ आइतबार १६:५५:३०
८ चैत, वाग्मती । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले जिल्लामै पहिलो पशुमैत्री उद्यान निर्माण गर्ने काम अघि बढाएको छ । गाउँपालिकाको वडा नं ३ कालीखोला सामरीमा पशुमैत्री उद्यान निर्माण हुनेछ ।
स्थानीय तह, प्रदेश तथा केन्द्रीय सरकारको सहयोगमा निर्माण गर्ने गरी बहुवर्षीय योजनाअन्तर्गत पशुमैत्री उद्यान निर्माण गर्ने काम अघि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिए ।
परियोजनाको विस्तृत प्रतिवेदनअनुसार रु सात करोड तीन लाख ७६ हजार कूल लागत लाग्ने प्रारम्भिक अनुमान छ । उद्यान निर्माणका लागि चालु आर्थिक वर्ष २०७७/७८ को पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको स्वीकृत कार्यक्रमअन्तर्गत पशुमैत्री उद्यान स्थापना तथा सञ्चालनका लागि रु १० लाख बजेट विनियोजनसमेत भएको छ ।
पशुमैत्री उद्यान निर्माणको पहिलो चरणअन्तर्गत निर्देशनालयबाट रु १० लाख, गाउँपालिकाबाट रु १० लाख र समुदायबाट रु दुई लाख ७८ हजार बराबरको निर्माणकार्य केही समयमै थालिने बताइएको छ । बजेट विनियोजन भएसँगै उद्यान निर्माणका लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुडासैनी र निर्देशनालयका निमित्त निर्देशक रामप्रकाश प्रधानबीच सम्झौतापत्र हस्तान्तरण भएको छ ।
उद्यानमा विभिन्न प्रजातिका गाई, भैँसी, बाख्रालगायतको आकृति, तालिम केन्द्र, रमणीय बगैँचा, नमूना घाँसका प्रजाति, दाना उत्पादन केन्द्र, सहकारी भवन, पराल राख्ने स्थान, पानीट्याङ्की, चमेनागृह, वनभोजस्थल, शौचालय, आरामस्थल, पदमार्गलगायतका संरचना रहने विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड
बैशाख ६, २०८१ बिहिबार
महानगरका महिला जनप्रतिनिधि र कर्मचारीको क्यान्सर जाँच शिविर
बैशाख ४, २०८१ मंगलबार
वैशाख १९ गतेदेखि कामपाले एक महिने ‘सीप मेला’ आयोजन गर्ने
बैशाख ४, २०८१ मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
इरानको पेट्रोलियम पदार्थको निर्यात ६ गुना बढ्यो
बैशाख ७, २०८१ शुक्रबार
आज कति छ सुनचाँदीको मुल्य
बैशाख ७, २०८१ शुक्रबार
बेहुला सहित ५५ जना जन्ति बोकेको बस दुर्घटना हुँदा मृत्युहुने तीन जनाकै सनाखत
बैशाख ७, २०८१ शुक्रबार
भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपको पहिलो समिफाइनलमा नेपाल र युएई भिड्दै
बैशाख ७, २०८१ शुक्रबार