प्रदेशस्तरीय विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न
नेपालबहस संवाददाता
चैत ८, २०७७ आइतबार १७:३१:४२
८ चैत, पोखरा । इन्द्रेणी थिएटर पोखरा र लायन्स क्लबको संयुक्त आयोजनामा गण्डकी प्रदेशमा रहेका विद्यालयलाई समेटेर ‘क्यान भााषमा बालमनोविज्ञान’ प्रदेशस्तरीय विद्यालय चित्रकला प्रतियोगिता २०७७ शनिबार सम्पन्न भएको छ ।
दुई चरणमा सम्पन्न गरिएको प्रतियोगितामा सम्पन्न प्रतियोगितामा प्रथम चरणमा सहभागिता जनाएका १९७ चित्रमध्येबाट उत्कृष्ट १२ प्रतियोगी छनोट गरिएको इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिए ।
उनका अनुसार दोस्रो चरणमा प्रथम चरणबाट छनोटमा परेका उत्कष्ृट १२ प्रतियोगीले कार्यक्रमस्थलमा नै चित्र बनाएका थिए । स्थलगतरुपमै कोरिएका चित्रलाई निर्णायकले मूल्याङ्कनबाट प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गरेको थियो ।
उनीहरु क्रमशः कुमुदिनिहोम्स माविका युकेस सुनार, हिलप्वाइन्ट माविका सपना नेपाली, कास्की मोडनाइज्ड एकेडेमीका जेसिकातिलिजापुन र गण्डकी बोर्डिङ स्कुलकास्वरुप माकाजु हुन् । उनीहरुले क्रमशः रु नौ हजार, छ हजार, तीन हजार र एक हजार नगद पुरस्कारसहित मायाको चिनो र प्रमाणपत्र प्राप्त गरेको थियो ।
कार्यक्रममा प्राज्ञ तथा विम्ब कवि रमेश श्रेष्ठले विद्यालयले कला क्षेत्रलाई प्राथमिकतामा राखेर अध्ययन अध्यापन गराउनु निकै प्रशंसनीय कार्य भएको बताए । कलासंस्कृतिलाई जीवन्त राख्ने यस्ता प्रतियोगितालाई निरन्तरता दिँदै बालबालिकाको प्रतिभालाई प्रष्फुटन गर्नुपर्ने उनको भनाइ थियो ।
निर्णयक संयोजक वरिष्ठ चित्रकार कृष्ण मर्सानीले कलालाई निरन्तर साधना गर्नसक्ने हो भने व्यक्तित्व विकास र जीवन भोगाइमा निकै असर कार्य गर्ने सकिने बताए । लायन्स क्लबका अध्यक्ष सुनिलकुमार ठाकुरले चित्रकला महत्वका बारेमा प्रकाश पारेकाे थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
बैशाख १२, २०८१ बुधबार
हेर्दाहेर्दैमा राखियो गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्धको रिट
बैशाख १०, २०८१ सोमबार
मकै छर्न नपाएर म्याग्दीका किसान चिन्तित
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
महाकाल नृत्य प्रस्तुत गरिँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेको भुम्लुमा सुमो दुर्घटना हुँदा १० जना घाइते
बैशाख १२, २०८१ बुधबार
बाइसधारा उद्यानमा ढकमक्क फुलेको बेगमबेली फूल
बैशाख १२, २०८१ बुधबार
लुम्बिनी विकास कोषले देखायो हदैसम्मको लापरवाही, अहिलेसम्म फेरिएन च्यातिएको झण्डा
बैशाख १२, २०८१ बुधबार
ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
बैशाख १२, २०८१ बुधबार
अमेरिकाले युक्रेन, इजरायल र ताइवानलाई दिने सहायता प्याकेज अनुमोदन
बैशाख १२, २०८१ बुधबार