आफ्नो पहिचान फेर्दै सीतापुर बजार
नेपालबहस संवाददाता
चैत ८, २०७७ आइतबार १८:४९:३४
८ चैत, लहान । सिरहाको लक्ष्मीपुर गाउँपालिका– ६ सीतापुर बजार अहिले आफ्नो पहिचान फेर्न लागेको छ । स्थानीय तहका जनप्रतिनिधिले उदाहरणीय काम गरेसँगै सो बजारले मुहार नै फेरेको हो । सडक अतिक्रमण र फोहर समस्याकोे सिकार बन्दै आएका सितापुरमा अहिले विकासको लहरले तिव्रता लिएको छ ।
सीतापुर गाउँपालिका– ६ का नवनिर्वाचित वडाध्यक्ष राजेश्वर साह सुडीले सीतापुर बजारस्थित आफ्नो घर र पर्खाल भत्काएर सडक अतिक्रमण हटाउने अभियान शुरुआत गरेपछि स्थानीयले पनि सडकमा पर्ने आफ्नो पर्खाल र घर आफैँ भत्काउन थालेका छन् ।
जनप्रतिनिधि आएसँगै गणेशपुर–सीतापुर–नर्गी बोर्डरसम्मको उक्त सडकलाई २२ फिटबाट ३४ फिटको बनाउन थालिएपछि बजार फराकिलो र सुन्दर बनेको स्थानीयले बताएका छन् । सडक साँघुरो हुँदा यातायात आवागमन असहज हुनुका साथै दुर्घटनासमेत अत्यधिक हुँदै आएको थियो । सडक स्तरोन्नतिको कामसँगै यो समस्या अन्त्य हुने भएपछि आफूहरु खुशी भएको उनको कथन छ ।
बीससम्म जनप्रतिनिधि नहुँदा विकास निर्माण ठप्प भएको थियो । जनप्रतिनिधि आएपछि गाउँपालिकामा विकासको लहर सिर्जना भएको अर्का स्थानीय शङ्कर साहको भनाइ छ । अब सडक, नाला र बिजुली बत्ती जस्ता पूर्वाधार विकासमा गाउँपालिका र वडा कार्यालयले जोड दिएकाले विकास लहरबढेसँगै स्थानीयमा उत्साह थपिएको उनी बताउछन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने सिरहाको लहान नगरपालिकादेखि करीब पाँच किलोमिटरको दूरीमा मात्र रहेको सीतापुर बजारमा बाटो स्तरोन्नतिसँगै पानी निकासीका लागि नाला निर्माणको कामसमेत तीव्ररुपमा भइरहेको अर्का स्थानीय शङ्कर साहको भनाइ छ ।
उनी भन्छन्, “सडक र नाला निर्माणको धमाधम हुन थालेपछि आफूहरु उत्साहित भएका छौँ ।” बाटो स्तरोन्नति भएपछि यातायात आवागमन सहज हुनुको साथै बजारको विकास पनि छिटै हुने र बजारमा पानी थुनिने समस्याबाट समेत छुटकारा पाउने भएपछि हामी सबै उत्साहित भएको साहको कथन छ । बजारको कुरुप र वर्षायाममा पानी जम्ने समस्यालाई दृटिगत गरी चालू आर्थिक वर्ष २०७४÷०७५ को वडास्तरी विकास योजनाबाट सडक स्तरोन्नति र नाला निर्माणको काम शुरु गरिएको वडाध्यक्ष राजेश्वर साह सुडीको कथन छ ।
योजना सञ्चालन भएपछि स्थानीयमा देखिएको उत्साहबाट आफू पनि योजना सफल बनाउन थप हौसिएको वडाध्यक्ष सुडी बताउछन् । स्थानीयहरुकै आग्रहमा आफू विदेशमा रहेको व्यवस्थापनको जागिर छाडेर वडाध्यक्षमा जितेको स्मरण सुनाए । उनी भन्छन्, “स्थानीयले नै आग्रह गरेपछि सीतापुर बजारलाई सुन्दर र सफा शहर बनाउन पहिलो योजना नै यहाँ सञ्चालन गरेका हौँ ।” यस योजनालाई सफल बनाउन स्थानीयसमेत उत्साहितपूर्वक लागेको उनको भनाइ छ ।
सडकमा जथाभावी फोहरमैला प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले बजारको ठाउँठाउँमा फोहर फ्याँक्ने डस्टिबिन रााखिने योजनासमेत बनाइको वडाध्यक्ष सुडी बताउछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मधेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ
बैशाख ६, २०८१ बिहिबार
शोभायात्रा भएको घटनालाई लिएर राष्ट्रिय एकता अभियानले जनायो आपत्ति
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपको पहिलो समिफाइनलमा नेपाल र युएई भिड्दै
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार