कट्टेलको नेकपामा प्रचण्ड–माधव अटाउने ?
नेपालबहस संवाददाता
चैत ८, २०७७ आइतबार १९:२:३९
८ चैत, काठमाडौं । सर्वाेच्च अदालतको एउटा फैसलाले आहात बनाइएका प्रधानमन्त्री केपी ओली अर्काे फैसलाबाट उत्साहित भएका छन् । त्यही उन्मादमा उनी नेकपा एमाले विभाजनको खाका बनाउँदै छन् । सर्वाेच्च अदालतको फागुन २३ को फैसलाबाट शक्तिसञ्चय गर्न सफल भएको भनिएका ओली एकाएक हिटलरी शैलीमा देखापरेका छन् ।
सग्लो नेकपा रहँदा चार चार पटक आफूलाई पार्टीबाट निष्काशन गरिएको रिस अब उनी असन्तुष्ट पक्षसँग फेर्दैछन् । हिजो मात्रै उनले आफू पक्षीय केन्द्रीय कमिटी बैठक राखेर वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीमबहादुर रावल, उपमहासचिव घनश्याम भूषाल र सुरेन्द्र पाण्डेलाई कारबाही गर्न स्पष्टीकरण सोध्ने निर्णय गराएका छन् ।
त्यतिले उनको चित्त बुझेको छैन । उनी आफ्नो आलोचना गर्ने सबैको हुर्मत लिन उद्यत् छन् । त्यसैले पार्टीबाट समानुपातिक सूचीमा परेकाहरुलाई फेर्नसम्म सक्ने असीमित अधिकार प्राप्त गर्न सफल भएका छन् । अब ओलीको ध्यान समानुपातिक निर्वाचनबाट प्रतिनिधिसभामा छानिएकाहरुको चिरफार गर्नेतिर केन्द्रित छ । पहिलो चरणमै ओलीले समानुपातिकबाट आएकी रामकुमारी झाँक्रीको झाँको झानर दाउमा रहेका छन् ।
त्यस्तै , प्रत्यक्षबाट निर्वाचित केही सांसद्लाई निष्काशन गर्ने र केहीलाई तर्साएर आफूतिर तान्ने उनको रणनीति प्रष्ट छ । ओलीको यो शैली र प्रवृत्तिले अब सग्लो एमाले रहने अवस्था नै अन्त्य गरिदिएको छ । ओली चाहन्छन्–माधव नेपाललगायत केही नेता माओवादी केन्द्रको साथमा जाउन् । सूर्य चुनाव चिह्नबाट उनीहरुलाई लड्नबाट रोक्नु नै ओलीका एक मात्र चाहना हो । उक्त चाहना पूरा गर्न उनी जस्तोसुकै कदम चाल्न हच्किनेवाला छैनन् । त्यसैको एउटा श्रृँखला हो, पछिल्लो निर्णय ।
ओलीको यो चाहना र शैलीले कस्तो प्रभाव पार्ला, त्यो बुझ्न त केही समय कुर्नै पर्ला । तर ओली प्रवृत्तिले नेकपा एमाले भने विभाजनको डिलमा पु¥याइसकेको छ । ओलीले आफू निकटहरुलाई यसको छनक दिइसकेका छ्न् । नेता नेपाल लगायत केहीलाई अब सँगै लिएर कुनै हालतमा पनि नजाने अडान उनको रहेको छ । त्यसैले जस्तोसुकै जोखिम मोलेर भएपनि उनी यो कदम चालिरहेका छन् ।
उनको बुुझाईमा पार्टीमा आफूलाई सबैभन्दा ठूलो समस्या पार्ने व्यक्ति वामदेव गौतम हुन् । वामदेवकै उक्साहटामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १९ पृष्ठको आरोपपत्र तयार गरेको ठान्छन् ओली । तर अस्थिर स्वभावका गौतमबाट आफूमाथि त्यति धेरै चुनौती र समस्या नहुने उनको ठम्याइ छ । ओलीको यस्तो शैलीले माधव नेपाल लगायत केही नेता अब विकल्पमा जानैपर्ने निश्कर्षमा पुगेको स्रोतको भनाई छ ।
ओलीले एमालेमा कुनै हालतमा टिक्न नदिने परिस्थिति निर्माण गरेको ठहर उनीहरुको रहेको छ । त्यसैले अब नयाँ शिराबाट कम्युनिष्ट आन्दोलन सञ्चालन गर्ने रणनीति बनाउन थालेका छन् । स्रोत भन्छ– प्रचण्डले नयाँ परिवेशबाट संगठित गर्ने तयारी थालेका छन् । सर्वाेच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नाम दिएका ऋषिराम कट्टेलसँग प्रचण्डको घनिभूत वार्ता भइरहेको छ । ओलीसँगको अन्तर्संघर्षको अवस्था हेरेर नेकपा नै पुन परिचालन गर्ने तयारी प्रचण्डको रहेको छ । यसका लागि कट्टेललाई आफूसँग एकीकरण गर्ने पक्षमा छलफल चलिरहेको छ ।
यसबारे प्रचण्डले नेपाल र झलनाथलाई ब्रिफिङ गरिरहेका छन् । ओलीसँग छुट्टिनै पर्ने अवस्था आए नेकपा भित्र फेरि सबै समेटिने समझदारी बनेको छ । ओलीसँग विधिवत रुपमा छुट्टिने वातावरण तयार गरेर माधव – झलनाथहरु नेकपामा समाहित हुने छन् । उक्त पार्टीमा विगत झैं प्रचण्ड र माधव अध्यक्ष रहने र कट्टेललाई वरिष्ठ उपाध्यक्ष बनाइने गरी छलफल अगाडि बढेको स्रोतको भनाई छ ।
त्यसपछि भने नेपाली काँग्रेससँग मिलेर ओलीलाई बालकोट पठाइने गरी तयारी भइरहेको स्रोतले बतायो । तर यतिका काम गर्न नेता नेपाल कत्तिको सक्षम होलान् ,त्यो भने उनको भूमिका र तयारीमा भर पर्छ । स्रोत भन्छ – चैत मसान्तसम्म यो काम भइसक्छ । साथै, नयाँ बर्ष सुरु भएसँगै ओली सरकारको पनि अवसान हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
रुसी सेनामा भएकालाई फर्काउन माग गर्दै आफन्तको प्रदर्शन
बैशाख ८, २०८१ शनिबार
मौरीपालक कृषक बढ्दै ,उत्पादन घट्दै
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप: हङकङविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै
बैशाख ८, २०८१ शनिबार
म्याग्दीमा टिपर दुर्घटना, १ जनाको मृत्यु, तीन घाइते
बैशाख ८, २०८१ शनिबार
प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी
बैशाख ८, २०८१ शनिबार
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ
बैशाख ८, २०८१ शनिबार