युट्युबको टिकटक अमेरिकामा सुरु
नेपालबहस संवाददाता
चैत ८, २०७७ आइतबार १९:३३:२८
८ चैत, एजेन्सी । युट्युबको टिकटक अमेरिकामा सुरु भएकाे छ । टिकटकको प्रतिस्पर्धीका रुपमा लिइएको छोटो भिडियोहरु तयार गर्ने तथा शेयर गर्ने प्लाटफर्म युट्युब शर्ट अमेरिकामा सुरु भएको हाे ।
बिहीबारदेखि आगामी केही हप्तासम्म शर्टको बेटा प्रोग्रामलाई अमेरिकामा विस्तार गरिने युट्युबले जनाएको छ । यसअघि युट्युबको टिकटक भनिने शर्टको भारतमा परीक्षण भएको छ । अहिले विश्वभरकै प्रयोगकर्ताहरुले यो प्लाटफर्मका सामग्रीहरु हेर्न पाउने भएपनि भारत र अमेरिका बाहेकका प्रयोगकर्ताले त्यसमा भिडियो बनाएर पोस्ट गर्न भने सक्दैनन् ।
युट्युबका अनुसार प्रयोगकर्ताले शर्टमा आफ्ना मोबाइल फोनबाटै छोटो तथा आकर्षक भिडियोहरु खिच्न सक्दछन् । शर्टमा प्रयोगकर्ताले भिडियो क्लिपहरु आपसमा जोड्न, म्युजिक हाल्न र ह्याण्डस फ्रिमा टाइमर र काउन्टडाउनसहित भिडियो रेकर्ड गर्न सक्दछन् । अर्थात् टिकटकमा हाल उपलब्ध सबैजसो फिचरहरु शर्टमा उपलब्ध छन् ।
बिहीबार युट्युबले शर्टमा रहेको नयाँ टुल्स सार्वजनिक गरेको छ । जसबाट प्रयोगकर्ताले शर्टमा रहेका विभिन्न भिडियोहरुबाट अडियो मात्र निकालेर आफूले तयार पारेका भिडियोमा रिमिक्स गर्न सक्नेछन् । साथै आफूले सिर्जना गरेका त्यस्ता भिडियोका बीचबीचमा अक्षरहरु पनि लेख्न सकिन्छ ।
टिकटकको लोकप्रियताका बाबजुत अमेरिका र चीनबीचको व्यापार युद्धका कारण अमेरिकामा टिकटकको भविष्य माथि प्रश्नचिन्ह खडा भइरहेको अवस्थालाई मध्यनजर गर्दै विभिन्न कम्पनीहरुले टिकटकका प्रतिरुपहरु घोषणा गरिरहेका छन् ।
इन्स्टाग्रामले अमेरिका र अन्य मुलुकहरुमा टिकटकजस्तै भिडियो शेयरिंग प्लाटफर्म रिल्स लञ्च गरेको छ भने स्नापच्याटले स्पटलाइन फिचर सुरु गरेको छ । त्यस्तै टिकटकको अर्को अमेरिकी प्रतिस्पर्धी डब्सम्यासलाई रेडिटले गत वर्ष खरिद गरेको थियो ।
युट्युब शर्टस्का प्रमुख टोड शेम्र्यानका अनुसार कम्पनीले सिर्जनामा रहेका अड्चनहरु हटाउने कोसिस गरिरहेको छ । यसले नयाँ पुस्ताका प्रतिभाहरुलाई दर्शक श्रोता फेला पार्न सहयोग गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार
ईश्वरको आँखामा देबेन्द्र बब्लु र जुना
बैशाख १२, २०८१ बुधबार
प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार