महाराजगञ्ज–बूढानीलकण्ठ सडकमा खाल्डैखाल्डा
नेपालबहस संवाददाता
चैत ८, २०७७ आइतबार २०:३६:५०
८ चैत, काठमाडौं । विद्युत् प्राधिकरणले प्रसारण प्रणालीलाई भूमिगत गर्ने काम समयमा सम्पन्न नगर्दा महाराजगञ्ज आसपासका सडक खाल्डैखाल्डा भएका छन् । प्राधिकरणले दुई वर्ष पहिले प्रणाली भूमिगत गर्न शुरु गरे पनि अझैसम्म सम्पन्न नगर्दा सडकको अवस्था खराब भएको सडक विभागले जनाएको छ ।
सो सडक मर्मतका लागि अहिले ठेक्का प्रक्रिया अघि बढाइएको छ । ठेक्का सम्झौता हुने क्रममा रहेको डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपालीले बताए । प्राधिरकरणले तार जमीनमुनि राखिसकेर सडक पुनःस्थापित गर्ने उनले बताए । प्राधिकरणले पहिले सम्झौतामा उल्लेख भएको समयमा पुनःस्थापना गर्न नसकेको उनले जानकारी दिए ।
उनले भने, “सम्झौताअनुसार काम नभएकाले सडकको अवस्था झन्झन् खराब भइरहेको छ ।” प्राधिकरणसँग सडक विभागले प्र्रत्येक सात÷सात दिनमा सडक खाल्डा टाल्ने भने पनि सात महीना नाँघ्दासमेत सम्झौताअनुसारको काम हुन नसकेको प्रमुख नेपालीले बताए ।
महीनौँदेखि खनिएका खाल्डा नटालिएकाले सवारीसाधन र यात्रुले कष्टकर यात्रा गर्नु परिरहेको उनले बताए । उनले भने, “प्राधिकरणले नगरे पनि सडक भएकाले सबैले हामीलाई नै प्रश्न सोध्ने गर्छन् ।”
गत आर्थिक वर्षमा झण्डै ४० किमी सडकमा मर्मत ९ओभरले० गरेको डिभिजनले चालू आवमा झण्डै २० किमी सडकमा कालोपत्रको तयारी गरेको छ । डिभिजनले सडक मर्मतसँगै नयाँ सडकको निर्माणसमेत गर्दै आएको छ । निर्माण र मर्मत एकसाथ अघि बढाइरहे पनि अहिले महाराजगञ्ज–बूढानीलकण्ठ सडकका कारण नागरिकले डिभिजनसँग गुनासो गरिरहेका छन् ।
गत आवमा गौशाला–चाबहिल सडकका बारेमा धेरैले प्रश्न सोधिरहेका थिए । सयौँ वर्ष पुरानो पाइपको व्यवस्थापनमा लामो समय लागेकाले सो सडक निर्माणमा लामो समय लागेको थियो । चालू आवमा नागरिक र सरोकार राख्ने निकायले महाराजगञ्ज सडक ढिलाइका बारेमा प्रश्न उठाउने गरेका छन् ।
प्राधिकरणले दुई वर्ष पहिले ३० महीनामा सम्पन्न गर्ने गरी प्रसारण प्रणालीलाई भूमिगत गर्न शुरु गरेको थियो । यसका लागि प्राधिकरणले भारतीय कम्पनी केइआइ इन्डष्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता गरेको थियो । प्राधिकरणले काठमाडौँको बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्ने लक्ष्यका साथ विसं २०७५ फागुन ६ गते ती कम्पनीलाई छनोट गरेको थियो ।
सडक खन्दा सर्वसाधारणलाई धेरै सास्ती खेप्न नपरोस् भनेर ‘होराइजेन्टन डाइरेक्सनल ड्रिलिङ’ प्रविधि अपनाइएको छ । उक्त प्रविधि अपनाउँदा केही मिटरको दूरीमा दुई खाल्डा खनेर बीचमा भूमिगत तरिकाले नै पाइप हालिएको छ । ठाउँठाउँमा रहेका खाल्डाका कारण दुर्घटनाको जोखिमसमेत रहेको स्थानीयवासी बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज निर्माणले पायो तीव्रता
बैशाख ७, २०८१ शुक्रबार
नारायणगढ–मुग्लिन सडकका एघार पुल सञ्चालनमा, अन्यमा निर्माणको काम जारी
चैत ३०, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार