सरकारले दिएको १० लाख नेता जोशीको परिवारले नलिने
नेपालबहस संवाददाता
चैत ८, २०७७ आइतबार २०:५९:३८
८ चेत, काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशी परिवारले सरकारले उपचारका लागि दिएको १० लाख रूपैयाँ नलिने भएको छ ।जोशीको स्वकीय सचिव पुष्कर पाण्डेले सरकारले नेता जोशीलाई दिने भनेको १० लाख रकम लिन परिवारले अस्वीकार गरेको सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।
उनका अनुसार प्रधानमन्त्री कार्यालयबाट उपचारका लागि सरकारले दिन लागिएको जानकारी प्राप्त भए पनि जोशीको परिवारले उक्त सहयोग रकम अस्वीकार गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले मस्तिष्कघातपछि उपचार गराइरहेका जोशीलाई सरकारका तर्फबाट १० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो। तर जोशीका परिवारले उक्त रकम लिन अस्वीकार गरेका छन्।
शुक्रबार उपप्रधानमन्त्री ईश्वर पोखरेल जोशीको स्वास्थ्य अवस्थाबारे बुझ्न नर्भिक अस्पताल पुगेका थिए। उनले सरकारले उपचारका लागि १० लाख सहयोग गर्ने निर्णय गरेको बताएका थिए। फागुन १४ मा मस्तिष्कघात भएपछि नर्भिक अस्पतालमा भर्ना भएका जोशीको हाल भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
सरकार महिला सशक्तीकरणको पक्षमा छः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार