शुक्रबार , बैसाख १०, २०७८

क्लियरिङ्ग हाउसको अध्यक्षमा मानन्धर चयन

क्लियरिङ्ग हाउसको अध्यक्षमा मानन्धर चयन

८ चैत, काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको १६९ औं संञ्चालक समितिको बैठकले रामबहादुर मानन्धरलाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ ।

मानन्धरले डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनासँग आज आयोजित औपचारिक कार्यक्रममा अध्यक्ष पदको लागि शपथग्रहण गरेका छन् । तत्कालीन अध्यक्ष नरेश शाक्यको नेपाल राष्ट्र बैंक भित्र विभाग परिवर्तन भए पश्चात मानन्धरले क्लियरिङ्ग हाउसमा प्रतिनिधित्व गरेका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीन जना, विकास बैंक र वित्तीय कम्पनीबाट एक–एक जना प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न संचालनमा ल्याइएको नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो । यसको NCHL-ECC, NCHL-IPS, connectIPS, connectRTGS, NPI र CORPORATEPAY प्रणाली सञ्चालनमा रहेका छन् ।

rambahadur manand nchl

rambahadur manand nilam

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय