शुक्रबार , बैसाख १०, २०७८

डिप्रोक्स लघुवित्त र महुली लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

डिप्रोक्स लघुवित्त र महुली लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

९ चैत, काठमाडौं । आज दुई लघुवित्त कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्था र महुली लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज (९ चैत, सोमबार) अन्तिम दिन रहेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

ती दुबै कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १० गते बुक क्लोज गरेसँगै आज सोमवारसम्म शेयर कायम गर्ने शेयरधनीले लाभांश पाउनेछन् ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २० गते होटल मोनालिसा सौराहा, चितवनमा साधारण सभा बोलाएको छ ।

त्यसैगरी महुली लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

साथै सभाले एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । यी प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २५ गते कम्पनीको केन्द्रीय कार्यालय सप्तरीमा साधारणमा सभा आयोजना गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय