बजारमा सेतो केराउको अभाव
नेपालबहस संवाददाता
चैत ९, २०७७ सोमबार १२:५४:५२
९ चैत, काठमाडौं । कोरोना संकटका बेलामा नेपाली मुद्रा विदेशिन नदिन सरकारले गतवर्षको चैत १६ गते केराउ आयातमा रोक लगाएको थियो । त्यसयता आयातकर्ताहरूले केराउको आयात गर्न पाएका छैन जसको परिणाम स्वरूप यतिखेर बजारमा केराउको अभाव देखिन गएको हो ।
शक्ति दाल मिल वीरगञ्जका सञ्चालक ओमप्रकाश मोरले यति बेला बजारमा सेतो केराउको अभाव रहेको बताए । ‘नेपालमा अभाव बढेपछि हामीले भारतबाट आयात गर्न खोजेका थियौं । तर, भारतबाट पनि आयात गर्न नपाएपछि बजारमा केराउको अभाव चुलिएको हो,’ उनले भने । गतवर्षको चैतमा सरकारले गरेको निर्णयपश्चात् नेपालमा औपचारिक रूपमा केराउ भित्रिएको छैन ।
पछि सरकारले त्यस बेला बीच बाटोमा अलपत्र केराउ आयात गर्न दिएको थियो । त्यही केराउले अहिलेसम्म बजार धानेको हो । तर, अहिले उक्त केराउको मौज्दात सकिएपछि अभाव देखिन गएको बताइएको छ ।
गत फागुन २५ गते बसेको मन्त्रिपरिषद् बैठकले केराउसँगै मरीच, सुपारी र छोकडा आयातमा १ वर्षदेखि लगाएको पूर्ण प्रतिबन्ध हटाएर परिमाणात्मक बन्देज लगाएसँगै व्यापारीहरूले केराउ आयात गर्न पाउने भएका छन् । यद्यपि विदेशबाट आयात गर्दा आयात प्रक्रिया लामो हुने भएकाले नेपालमा अबको करीब ३ महिनासम्म केराउको अभाव रहिरहने मोरको भनाइ छ । आर्थिक अभियान दैनिकबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार