खाद्य अनुज्ञापत्र नलिई उत्पादन गर्ने उद्योग बन्द
नेपालबहस संवाददाता
चैत ९, २०७७ सोमबार १८:३:३६
९ चैत, दमौली । खाद्य अनुज्ञापत्र नलिई उत्पादन गर्ने तनहुँको व्यास नगरपालिका–२ मालेबगरमा सञ्चालित एक उद्योग बन्द गराइएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार गरेको अनुगमनका क्रममा अनुज्ञापत्र नलिई विभिन्न सामग्री उत्पादन गर्ने न्यु झलक दालमोठ उद्योग बन्द गराइएको हो ।
उद्योगले दालमोठ, सिन्थेटिक ड्रिङ्क र अन्य उत्पादकको मिठाई आफैँले प्याक गरेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । बरालका अनुसार अनुज्ञापत्र लिएर कानूनी प्रक्रिया पूरा गरेर मात्रै उद्योग खोल्न व्यवसायीलाई निर्देशन दिइएको छ ।
“बजारमा जनगुनासो आएपछि प्रशासन कार्यालयले आकस्मिक अनुगमन गरेका हो”, सहायक प्रजिअ बरालले भने, “उक्त उद्योगले उद्देश्य विपरीतका काम गरेको अनुगमनबाट देखिएको छ ।” उक्त उद्योगमा सामान खरिदको बिलसमेत नभेटिएको बरालले बताए । अनुगमनका क्रममा बरामद भएका तेल, घ्यू, मिठाई लगायतका अखाद्य वस्तु नष्ट गरिएको छ ।
अनुगमनका क्रममा उद्योगले साइनबोर्ड नराखेको, उत्पादनमा लेबल विवरण पूर्ण नराखेको र भण्डारण स्थलमा रहेका कच्चा खाद्य पदार्थमा लेबल नभएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीका खाद्य निरीक्षक प्रशान्त पोखरेलले जानकारी दिए । “उद्योगमा सामग्री उत्पादन गर्ने प्राविधिक सीप लिएका व्यक्तिसमेत नभएको स्वयं सञ्चालकले स्वीर्काएकाे छ”, उनले भने ।
अनुगमनपश्चात् उद्योगका सञ्चालक वीरेन्द्रकुमार श्रेष्ठको समेत सहमतिमा हाल उत्पादन बन्द गरिएको छ भने उत्पादन भइसकेका वस्तुहरुको उत्पादक स्वयंले गुणस्तर परीक्षण गराउने सहमति भएको छ । “उद्योगलाई १५ दिनभित्र सम्पूर्ण कानुनी प्रक्रिया पूरा गराउन निर्देशन दिइएको छ,” पोखरेलले भने, “साथै बिलबिजक सात दिनभित्र जिल्ला प्रशासन कार्यालयमा पेश गर्न निर्देशन दिएका छौँ ।”
अनुगमनमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिना, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नारायणप्रसाद ढकाल, तनहुँ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष वैकुण्ठनाथ मिश्र, दमौली बजार एकाइ सभापति राजकुमार श्रेष्ठ ९राकु० लगायतको सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशरतसिंह भण्डारी मन्त्री हुँदा गरेका तीन विवादस्पद निर्णय श्रममन्त्री अर्यालद्वारा खारेज
बैशाख ६, २०८१ बिहिबार
मनकामना केबलकार शुक्रबार बन्द हुने
बैशाख ६, २०८१ बिहिबार
प्लाइउड उद्योगमा तीन सय बढी मजदुरले पाए रोजगारी
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
युएईविरुद्ध नेपालको खराब शुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट
बैशाख ७, २०८१ शुक्रबार
आइपिएलमा आज लखनउ सुपर जाइन्ट र चेन्नई सुपर किंग्सबीच खेल हुँदै
बैशाख ७, २०८१ शुक्रबार
सलमान ग्यालेक्सी अपार्टमेन्ट गोली काण्डपछि बढाइयो शाहरूखको सुरक्षा
बैशाख ७, २०८१ शुक्रबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
नेटफ्लिक्सले २७५ करोडमा खरिद गर्यो पुष्पा-२ को डिजिटल अधिकार
बैशाख ७, २०८१ शुक्रबार