एमालेमा रडाको : नेपाललाई एक्ल्याउने ओली नीति
नेपालबहस संवाददाता
चैत ९, २०७७ सोमबार १७:६:४२
९ चैत, काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले वरिष्ठ नेता माधव नेपाल र उनको समूहलाई निषेध गरी पार्टी कब्जा गर्ने प्रपञ्चमा लागेका छन् । नेकपा विभाजन भएको माधव नेपालसहितको टीमले ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको बद्लामा ओलीले माधव नेपाल र उनको समूहलाई राजनीतिक रुपमा सिध्याउने प्रपञ्चमा लागेका हुन् ।
नेपाल पक्षका नेताहरुलाई अलग–अलग भेटघाट गर्ने र उनलाई उनी पक्षकै सांसद तथा नेताहरुले साथ छोडने बनाउने, उनलाई स्पष्टिकरण हुँदै अन्य कारवाहीको प्रक्रिया थाल्ने र नेपाल समुहमै रहेका नेताहरुका बीचमा अन्तरविरोध सिर्जना गर्ने र माधव नेपाललाई एक्लाउँदै अन्तिममा नेपाललाई पार्टीबाटै निष्कासन गरेर पार्टी एकलौटी रुपमा सञ्चालन गर्ने दाउमा ओली लागेका हुन् ।
यसका लागि ओलीले आफु निकटका विश्वासप्राप्त नेताहरुलाई माधव नेपाल समुहमा रहेका नेताहरुलाई एक–एक गरी भेट्ने, माधव नेपाल समुहको साथ छोड्न लगाउने, आफनो भक्तिगानमा उतार्ने र कमजोर बनाउने पहिलो रणनीति बनाएको वालुवाटार स्रोतको दावी छ ।
त्यसैक्रममा नेपाललाई लामो समयदेखि साथ दिँदै आएका चितवन ३ का सांसद समेत रहेका तथा जिल्ला अध्यक्ष पनि भएका कृष्णभक्त पोखरेललाई अहिले आफनो समुहमा लगेका छन् । पोखरेल तिनै सांसद हुन्, जतिबेला नेकपा नेपाल प्रचण्ड पक्षबाट सर्वोच्च अदालतमा संसद पुनःस्थापनाको पक्षमा बहस गरेका थिए ।
नेपाल र खनाल पक्षले बहिष्कार गरिरहेको संसदीय दल र केन्द्रीय समितिको वैठकमा उनी शनिवार सहभागी थिए । त्यहाँ उनले सम्वोधन पनि गरे । माधव नेपालले पार्टी विभाजनतर्फ लगेकोले अहिले ओलीलाई साथ दिन भनेर आफु आएको पोखरेलले संसदीय दल र केन्द्रीय समितिको वैठकमा मन्तब्य दिएका छन् ।
संसदीय दल र केन्द्रीय समितिको वैठकबाट नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुषाललाई मात्र स्पष्टिकरण सोध्ने निर्णयले पनि त्यसको पुष्टि गर्दछ । गुटगत काम नगर्न दिएको निर्देशन अटेर गरी पार्टी हित विपरितका गतिविधि गरेको आरोपमा केन्द्रीय समितिको वैठकबाट नेपाल, रावल, पाण्डे र भुषाललाई स्पष्टिकरण सोक्ने निर्णय ओलीले लिएका हुन् । नेपाल समुहमै रहेका रामकुमारी झाक्री र अष्टलक्ष्मी शाक्यलाई पनि स्पष्टिकरण सोध्ने विषयमा ओली पक्षका नेताहरुले वैठकमा कुरा उठाएपनि ओलीले उनीहरुलाई अहिले नै स्पष्टिकरण सोध्ने हाइट नभएको भन्दै नेपाल समुहभित्रै खेल्ने रणनीति बनाएका थिए ।
यसैगरी, नेपाललाई साथ दिएका लालबावु पण्डितलाई पनि ओली समुहले यस अगाडी नै आफनो समुहभित्र समावेश गराइसकेका छन् । अहिले अन्य नेताहरुलाई पनि एक्लाएक्लै भेट्ने, अब नेपालको राजनीतिक भविश्य नरहेको भन्दै उनी पक्षका नेतालाई ओली पक्षका नेताहरुले फकाउने, ओलीसँग भेटाउने र नेपाललाई छोडन लगाएर ओलीको गुणगान गराउन लगाउने गरी छलफल तीव्र बनाएका छन् । शेरबहादुर तामाङ यसअघि नै ओली पक्षमा गइसकेका छन् ।
यसबीचमा नेपाल समूहका नेताहरुले आफूसँग लाग्ने सबै कार्यकर्तालाई कारबाही गर्न चुनौति दिइसकेका छन् । व्यक्तिका केही समस्या भए आफुले सुनुवाई गर्ने तर पार्टीभित्र अब समुहगत रुपमा कसैको पनि केही कुराको टेरपुच्छर नलगाउने भन्दै् उनले व्यक्तिगत रुपमा माधव नेपाल समुहका नेताहरुसँगको सम्वादलाई बाक्लो बनाएका छन् । नेपाल समुहमा रहेका नेता चोर्ने र आफनो भक्त बनाउने योजनामा यतिवेला ओली कम्मर कसेर जुटेका हुन् ।
त्यसो त ओलीले नेपाल समुहभित्रै अन्तरविरोध पनि सिर्जना गराउने कोसिस थालेका छन् । उनले गएको संसदीय दल र केन्द्रीय समितिको वैठकबाट नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुषाललाई मात्र स्पष्टिकरण सोध्ने निर्णयले पनि त्यसको पुष्टि गर्दछ । गुटगत काम नगर्न दिएको निर्देशन अटेर गरी पार्टी हित विपरितका गतिविधि गरेको आरोपमा केन्द्रीय समितिको वैठकबाट नेपाल, रावल, पाण्डे र भुषाललाई स्पष्टिकरण सोक्ने निर्णय ओलीले लिएका हुन् ।
नेपाल समुहमै रहेका रामकुमारी झाक्री र अष्टलक्ष्मी शाक्यलाई पनि स्पष्टिकरण सोध्ने विषयमा ओली पक्षका नेताहरुले वैठकमा कुरा उठाएपनि ओलीले उनीहरुलाई अहिले नै स्पष्टिकरण सोध्ने हाइट नभएको भन्दै नेपाल समुहभित्रै खेल्ने रणनीति बनाएका थिए । भेलाको अर्को मुख्य जिम्मेवार नेता झलनाथ खनाललाई पनि ओली ले स्पष्टिकरण सोध्ने निर्णय लिएका छैनन् । नेपाललाई एक्लाउँदै खनाललाई पनि आफुसँगै भित्राउने योजनामा ओली अहिले देखिएका छन् ।
आफु अल्पमतमा पर्ने सबै कमिटीलाई उनले भंग गरेर राष्ट्रिय महाधिवशेन आयोजक समिति बनाएर चलाखी अपनाएका छन् । नेपाल पक्षका नेतालाई जिम्मेवारी खोसेर उनले आफनो विश्वासप्राप्तलाई मात्र जिम्मेवारी दिएर पार्टीका एकाधिकार कायम राखेका छन् । संसदीय दलको नेताले दल, पार्टी र देशविरुद्ध कुनै गतिविधि गरेमा दल नेतालाई नै स्पष्टिकरण सोध्न सक्नेसहितको अधिकार बिधान संशाेधन गरी तय गरिएको छ । अहिले एमालेमा दल नेता ओली नै छन् । तत्काल संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदलाई बन्दसूचीमा रहेको नाम हटाउने, हेरफेर गर्ने, जस्ता सबै अधिकार पनि ओलीले पाएका छन् ।
वामदेव गौतम संसदीय दलको बैठकमा उपस्थित भएपछि खनाललाई स्पष्टिकरण सोध्न उनी हिच्किचाएका थिए । एकैपटक दुवै वरिष्ठ नेतालाई स्पष्टिकरण सोध्ने भन्दा त्यहाँभित्र नै एउटालाई सोध्ने र अर्कोलाई नसोधी आफना मान्छे पठाएर छलफल गराउने र शंका, आशंका जन्माईदिएर गुटभित्रै अन्तरविरोध चर्काईदिने रणनीतिमा ओली लागेका छन् । त्यही क्रममा कारवाहीको प्रक्रियामा लैजान पनि नेपाललाई साथ दिईरहेका नेतालाई मात्र सोध्ने रणनीति ओलीले लिएका हुन् ।
खनाल र अष्टलक्ष्मीलाई सोही कारण उनले स्पष्टिकरण सोध्ने निर्णय नलिएको ओली पक्षका एक नेताले बताएका छन् । पार्टीभित्र ओलीको विरोध गर्ने नेताहरु कोही पनि टिक्न नसक्ने बनाउन, पार्टीका सबै नेता तथा सांसदहरु आफुप्रति नै बफादार रहिरहने बनाउन ओलीले संसदीय दलको विद्यान संसोधन गराउँदै केन्द्रीय समितिबाट आफुलाई थप अधिकार प्रत्यायोजन गरेर शक्तिशाली समेत बनाएका छन् ।
उनले आफुले बिधानको ब्यवस्था विपरित मनोनयन गरेका पूर्व माओवादी धारका नेताहरुसमेतलाई सहभागी गराएर २ सय ६४ सदस्यीय केन्द्रीय समिति बनाएका छन् । त्यसैलाई आफु र महासचिव ईश्वर पोखरेलको पद यथावत राखेर अन्यलाई महाधिवशेन आयोजक समितिमा रुपान्तरण गरेका छन् । अर्थात अन्य पदाधिकारी सबैको पद उनले खोसेका छन् ।
पदाधिकारीमा नेपाल खनाल समुह बहुमतमा रहेको थियो । आफु अल्पमतमा पर्ने सबै कमिटीलाई उनले भंग गरेर राष्ट्रिय महाधिवशेन आयोजक समिति बनाएर चलाखी अपनाएका छन् । नेपाल पक्षका नेतालाई जिम्मेवारी खोसेर उनले आफनो विश्वासप्राप्तलाई मात्र जिम्मेवारी दिएर पार्टीका एकाधिकार कायम राखेका छन् । संसदीय दलको नेताले दल, पार्टी र देशविरुद्ध कुनै गतिविधि गरेमा दल नेतालाई नै स्पष्टिकरण सोध्न सक्नेसहितको अधिकार बिधान संसोधन गरी तय गरिएको छ ।
अहिले एमालेमा दल नेता ओली नै छन् । तत्काल संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदलाई बन्दसूचीमा रहेको नाम हटाउने, हेरफेर गर्ने, जस्ता सबै अधिकार पनि ओलीले पाएका छन् । तर नेपाल समूहका प्रचार विभाग प्रमुख योगेश भट्टराईले साढे सात लाख एमालेका कार्यकर्ता मध्ये साढे तीन लाख आफूहरुसँग रहेको बताउँदै सबैलाई स्पष्टिकरण सोध्न र कारवाही गर्न चुनौति दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
नेपालले पाँचौं विकेट गुमायो, दिपेन्द्र आउट
बैशाख ७, २०८१ शुक्रबार
नवलपुरका महिलाको आत्मनिर्भरको श्रोत घरबास
बैशाख ७, २०८१ शुक्रबार
भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज निर्माणले पायो तीव्रता
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
नेपालले चौथो विकेट गुमायो, कुशल मल्ल आउट
बैशाख ७, २०८१ शुक्रबार
चीनबाट आयात गरिएको रासायनिक मल काठमाडौं ढुवानी
बैशाख ७, २०८१ शुक्रबार