चन्द्रागिरि हिल्सको बढोत्तरी कायमै, शेयरमूल्य कति ?
नेपालबहस संवाददाता
चैत ९, २०७७ सोमबार १७:४४:५४
९ चैत, काठमाडौं । उकालो यात्रा तय गरिरहेको बजारमा चन्द्रागिरि हिल्सको कम्पनीको बढोत्तरी कायमै रहेको छ । करिब महिनादिनसम्म पनि सकारात्मक सर्किट लागेर कारोबार भइरहेको कम्पनीको उकालो यात्रा आज पनि कायम नै रहेको छ ।
आज सोमबार नेप्सेमा कारोबारमा आएका कम्पनीहरुमध्येमा नबिल इक्विटी फण्ड, चन्द्रागिरि हिल्स कम्पनी, बोमी लघुवित्त, महिला लघुवित्त र ग्लोबल आइएमई समुन्नतको शेयरको उच्च माग देखिएको हो ।
नेप्सेमा चन्द्रागिरी हिल्स कम्पनीको आईपीओ सूचीकृत भएपश्चात आज चैत ९ गते सोमबारसम्म आइपुग्दा बढोत्तरी कै यात्रामा बढिरहेको छ । कम्पनीले माघ २३ गते, शुक्रबार एक करोड ५३ लाख ४० हजार ९ सय १० कित्ता धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको थियो । सूचीकृत पश्चात कम्पनीको शेयर निरन्तर बढिरहेको छ ।
नेप्सेले चन्द्रागिरि हिल्स कम्पनीको पहिलो कारोबारका लागि न्युनतम ९६ रूपैयाँ ६९ पैसादेखि अधिकतम २९० रूपैयाँ ७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियो ।
कारोबार सुरु भएदेखि चैत ९ गतेसम्म आईपुग्दा कम्पनीको प्रतिशेयरमूल्य १६ नजिक पुगेको छ । प्रतिशेयरमूल्य १५ सय ६३ पुग्दा शेयर बेच्ने शून्य छन् । भने शेयर खरिद गर्नेको उच्च चाप देखिन्छ । आज चन्द्रागिरीको शेयर माग गर्नेको संख्या ४ लाख बढि छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज नेप्सेमा दोहोरो अङ्कको गिरावट
चैत १४, २०८० बुधबार
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
चैत १४, २०८० बुधबार
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, दुई अर्ब ३५ करोडको कारोबार
चैत १३, २०८० मंगलबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
घोप्टेभिरमा सडक ढलान गरिँदै
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
लम्साल, शर्मा र पौड्यालमध्ये को होला सचिवमा बढुवा ?
चैत १५, २०८० बिहिबार
एसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार