नेपाल वंशज सांस्कृतिक भवन निर्माण हुने
नेपालबहस संवाददाता
चैत ९, २०७७ सोमबार १७:५९:४
९ चैत,काठमाडौं । दुल्लु नगरपालिका– ३ चाटपाडामा ‘नेपाल वंशज साँस्कृतिक भवन’ निर्माण हुने भएको छ । यसका लागि स्थानीय समाजसेवी जागेश्वर उपाध्याय नेपालले नेपाल वंशज परिषद्लाई तीन रोपनी जमीन निःशुल्क प्रदान गरेका छन् । परिषद्को हालै सम्पन्न बैठकले सो स्थानमा भवन निर्माण गर्ने निर्णयसमेत गरेको हो । बैठकले वंशजका ऐतिहासिक परिचय झल्किने भवन निर्माणार्थ जमीन प्रदान गर्ने जागेश्वरलाई विशेष धन्यवाद तथा अभार व्यक्तसमेत गरेको छ ।
बैठकले प्राप्त जमीनमा छिटोभन्दा छिटो भवन निर्माण शुरुआत गर्ने र यसका लागि दुल्लु नगरपालिकासँग सहकार्य गर्ने निर्णय गरेको परिषद्का महासचिव समीर नेपालले जानकारी दिए । बैठकले परिषद्का रिक्त उपाध्यक्षमा नेपाल वंशज परिषद् झापाका अध्यक्ष हरि नेपाल र दुल्लु नगरपालिकाका कार्यकारी अधिकृत ज्ञानमणि नेपाललाई चयन गर्नाका साथै वंशजको अद्यावधिक वंशावली विसं २०७८ भित्र प्रकाशन गरिसक्ने निर्णय गरेको छ ।
परिषद्का अध्यक्ष अनिलकुमार नेपालका अध्यक्षतामा सम्पन्न सो बैठकमा महासचिव समीर नेपालसहित वरिष्ठ उपाध्यक्षद्वय जनार्दन, रामबाबु तथा केन्द्रीय सदस्य ओम, उत्तम, करुणा, विष्णु, कुबेर, कृष्णप्रसाद, पिरुप्रसाद र घर्नेन्द्र नेपाल उपस्थित थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार