सम्झौता कार्यान्वयन गर्न विप्लबको माग
नेपालबहस संवाददाता
चैत ९, २०७७ सोमबार २०:२६:५८
९ चैत, काठमाडौं । राजनीतिक रुपमा आइपर्ने समस्या व्यवस्थापन गर्न जस्तोसुकै सहमति गर्ने तर आफू माथि परेपछि कार्यान्वयन नगर्ने प्रवृत्ति केपी ओलीको खासियत नै हो । उनको यही शैली र चरित्रले गर्दा देशले ठूल्ठूला समस्याहरु भोगेको इतिहास साक्षी छ । यतिबेला त्यही नियति दोहरिएको छ– नेकपा विप्लब समूहलाई ।
फागुन २० गते नेपाल सरकारले बढो तामझामका साथ नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको माओवादीसँग सम्झौतापत्रमा हस्ताक्षर ग¥यो । तर कार्यान्वयन भने शून्य । त्यसैले आजित भएका विप्लब आज बालुवाटार पुगे । बालुवाटारमा विप्लवले प्रधानमन्त्री ओलीसँग भेटेर विगतको सम्झौता कार्यान्वयन गर्न आग्रह गरे ।
सम्झौता बमोजिम सरकारले विप्लबका कार्यकर्ताहरुलाई थुनामुक्त गर्नुपर्ने हो । तर अहिलेसम्म सरकारका तर्फबाट मुद्धा फिर्ता र रिहाईका लागि कुनै पहल भएको छैन । त्यसैले वाध्य भएर विप्लबले ओलीलाई भेटेको उनी निकट स्रोतले बतायो । भेटका बेला समसामयिक राजनीतिक परिवेशबारे समेत कुराकानी भएको थियो ।
ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विगतमा आलोपालो सरकारको नेतृत्व गर्ने वहुचर्चित सम्झौता उल्लघंन गरिएपछि देशको राजनीतिक माहोल नै अस्तव्यस्त भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आजको राशिफल कस्तो छ ?
बैशाख ८, २०८१ शनिबार
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने
बैशाख ८, २०८१ शनिबार