शुक्रबार , बैसाख १०, २०७८

राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्दै

राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्दै

९ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब ३३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले ९१ दिनको अवधिको लागि ९ अर्ब ३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल असार ८ गते परिपक्क हुनेछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

त्यस्तै, बैंकले १८२ दिनको अवधिको लागि ४ अर्ब ३० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल असोज ५ गते परिपक्क हुनेछ । यस्तै, बैंकले ३६४ दिनको अवधिको लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल चैत्र ८ गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल भोलि (चैत्र १० गते, मंगलबार) बिक्री हुनेछ ।

ट्रेजरी बिलको बारेमा अन्य विवरण यस प्रकारको छ:

trag

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय