प्रदेश २ मा एकैसाथ १० जनामा संक्रमण
नेपालबहस संवाददाता
चैत १०, २०७७ मंगलबार १३:१४:२८
१० चैत, काठमाडौं । भारतका विभिन्न राज्यमा कोरोना संक्रमण दर फेरि बढेसँगै सीमा जोडिएका प्रदेश २ का बारा र पर्सामा एकै दिन १० जना संक्रमित थपिएका छन् । केही महिनायता कोरोना संक्रमण दर शून्यमा झरेको प्रदेश २ मा सोमबार एकैसाथ १० जनामा संक्रमण पुष्टि भएको हो ।
जनकपुरस्थित प्रदेश २ स्वास्थ्य निर्देशनालयले जारी गरेको बुलेटिनमा नारायणी अस्पताल वीरगञ्जमा २४ घण्टाभित्र ५० जनामा स्वाब परीक्षण गर्दा १० जना संक्रमित भेटिएको उल्लेख छ । पर्साका एक संक्रमित दुई साताअघि भारतको मुम्बईबाट फर्किएका थिए ।
दुई जिल्लामा एकै दिन १० जना संक्रमित थपिँदा त्रास बढेको छ । संक्रमण दर उच्च भएका भारतीय क्षेत्रमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन् । चिकित्सकले नाकामा स्वास्थ्य सर्तकता अपनाउन सुझाइरहे पनि नेपाल छिर्नेलाई सीमाका सुरक्षाकर्मीले सामान्य सोधपुछबाहेक स्वास्थ्य सचेतनाका काम गर्न सकेका छैनन् ।
नेपाल प्रवेशका मूल नाकाहरुमा सतर्कताबिना मानिसको बेपरवाह आउजाउ चलिरहेको छ । यसले गर्दा कुनै पनि बेला महामारीको दोस्रो लहर नेपाल भित्रिन सक्ने विज्ञहरुको विश्लेषण गरेका छन् । कान्तिपुर दैनिक
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
अमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल
बैशाख १३, २०८१ बिहिबार
रौतहटमा सवारी दुर्घटनाबाट एक वर्षमा ४१ जनाको मृत्यु, १७ हजार सवारी कारवाहीमा
बैशाख १३, २०८१ बिहिबार