नेपाल र बंगलादेशबीच चारवटा समझदारीपत्रमा हस्ताक्षर
नेपालबहस संवाददाता
चैत १०, २०७७ मंगलबार १४:४१:२७
१० चैत काठमाडौं । नेपाल र बंगलादेशबीच चारवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ। दुई दिने राजकीय भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश रहेको वेला दुई देशबीच पर्यटन, स्वच्छता, सांस्कृतिक आदानप्रदान र रेलवे सञ्जालसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो।
बंगलादेशी राष्ट्रपति महमद अब्दुल हमिद र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको भ्रमण दलमा सहभागी संचारकर्मीले जानकारी दिएका छन् । सोमबार बेलुका ढाका स्थित क्रेडेन्सियल हल अफ बंगभवनमा दुई देशका अधिकारीबीचको द्विपक्षीय छलफलपपछि समझदारीपत्रमा हस्ताक्षर भएको हो।
सानिटरी र फाइटोसानिटर (एसपीएस) सहकार्यमा भने बंगलादेशका कृषि मन्त्रालयका वरिष्ठ सचिव महमद मेस्बल इस्लाम र नेपालका उद्योग सचिव दिनेश भट्टराईले हस्ताक्षर गरेका थिए।
त्यस्तै पर्यटनसम्बन्धी समझदारीपत्रमा बंगलादेशको तर्फबाट हवाइ उड्डयन तथा पर्यटन सचिव महमद मोकमेल हुसेन तथा नेपालका तर्फबाट पर्यटन सचिवव यादव प्रसाद कोइरालाले हस्ताक्षर गरे ।
त्यस्तै सन् २०२२÷२०२५ को लागि सांस्कृतिक आदानप्रदान कार्यक्रम गर्ने समझदारीपत्रमा बंगलादेशका संस्कृति मन्त्रालयका सचिव बदरुल अरेफिन र नेपालका संस्कृति पर्यटन सचिव यादव कोइरालाले हस्ताक्षर गरेका थिए । रेलवेसम्बन्धी नेपाल–बंगलादेश ट्रान्जिट एग्रिमेन्टमा बंगलादेशको वाणिज्य सचिव डा. महमद जाफर उद्दिन र नेपालका उद्योग सचिव दिनेश भट्टराईले रोहनपुर–साइबाद रेलवे रुट सुधारका लागि समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।
राष्ट्रपति भण्डारी आजै बेलुका ४ बजे नेपाल फर्कने कार्यक्रम रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
प्रधानन्यायाधीशले महालेखापरीक्षक रायालाई गराए शपथ
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार
चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
बैशाख ६, २०८१ बिहिबार