नाष्टसँगको सहकार्यमा डिजाइन काठमाडौं कन्टेष्ट हुँदै
नेपालबहस संवाददाता
चैत १०, २०७७ मंगलबार १८:२:५४
१० चैत, काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान ‘नाष्ट’सँगको सहकार्यमा रिभोसाइन्स मिडियाले कक्षा १०, ११ र १२ का विद्यार्थीका लागि ‘डिजाइन काठमाडौंं कन्टेष्ट’ आयोजना गर्ने भएको छ । नेपालभरबाट अनलाइन माध्यमबाट सहभागी हुन पाइने बौद्धिक क्षमता प्रतिस्पर्धामा आगामी वैशाख २० गतेसम्म सहभागीले निःशुल्क रुपमा आवदेन दिन सक्नेछन् ।
प्रतिस्पर्धीले ‘डिजाइन काठमाडौंँ कन्टेष्ट’ मा एकल वा समूहगत रुपमा प्रतिस्पर्धामा भाग लिन पाउने र सहभागीले शिक्षकलाई दिशानिर्देशकका रुपमा राख्न पाउने रिभोसाइन्स मिडियाका लक्ष्मण डङ्गोलले बताए ।
डङ्गोलका अनुसार काल्पनिकरुपमा विद्यार्थीले कम्तीमा बीस पानामा शहरको परिकल्पना बनाउन सक्नेछन् । प्रतिस्पर्धीले आफ्ना परिकल्पनामा काठमाडौं उपत्यकाको डिजाइन, भूगोल, वास्तुकला, समाज र सभ्यता, विज्ञानप्रविधि र संस्कृति, वातावरण र वन्यजन्तु, नीति तथा योजना, सम्पदा क्षेत्र र संरक्षणका उपाय, अनुसन्धान तथा विकास र नवप्रवत्र्तन, धर्म र शिक्षा प्रणाली, सडक सञ्जाल र स्मार्ट प्रविधि, विज्ञान पार्क र कबर्ड हल, व्यावसायिक केन्द्र, कला तथा मनोरञ्जन, अर्थ व्यवस्थापन जस्ता उपशीर्षक समेटेर लिखित ढाँचा प्रस्तुत गर्नुपर्ने हुन्छ ।
विद्यार्थीले आवेदन दिने प्रक्रिया ‘डिजाइन काठमाडौं कन्टेष्ट’ को वेबसाइटमा समावेश गरिएको छ । सहभागीले सोध्न सक्ने सम्भावित प्रश्न, डिजाइन तयार पार्नुपूर्व चाहिने आवश्यक खुराक वेबसाइटबाट डाउनलोड तथा अध्ययन गर्न मिल्ने आयोजक रिभोसाइन्स मिडियाले जनाएको छ ।
आयोजकका अनुसार यसबाट विद्यार्थीको सिर्जना प्रस्फुटन तथा शहर विकासका लागि चाहिने आवश्यक विषयवस्तुमा उनीहरुको बुझाइ थप मजबुत हुनेछ । यसरी परिकल्पना गर्दा उनीहरुको बौद्धिक विकास तथा विविध शोधसामग्री अध्ययन तथा शोध गर्ने क्षमता अभिवृद्धि हुने जनाइएको छ । बौद्धिक प्रतिस्पर्धीमा विजयीले रु दश हजार, रु पाँच हजार र रु दुई हजार पुरस्कार पाउनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोटखोलामा अवरुद्ध टेलिफोन सेवा एक सातापछि सञ्चालन
बैशाख ७, २०८१ शुक्रबार
नासाले मंगल ग्रहका नमूनाहरू फिर्ता गर्ने, नयाँ डिजाइन खोज्ने
बैशाख ५, २०८१ बुधबार
जर्मनीमा आइटीको अभाव सन् २०४० सम्ममा चौगुना हुने
चैत ३०, २०८० शुक्रबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गौर हत्याकाण्डविरुद्ध १७ वर्षपछि सर्वोच्च अदालतले दियो कारण देखाउ आदेश
बैशाख १२, २०८१ बुधबार
छोरीको फिल्म 'किंग'मा शाहरुख खान डनको भुमिकामा देखिने
बैशाख १२, २०८१ बुधबार
१४ तल्ले भवन भित्र बसेको अमेरिकाको एउटा शहर !
बैशाख १२, २०८१ बुधबार
चीनका झण्डै आधा प्रमुख शहरहरूमा भासिने समस्या
बैशाख १२, २०८१ बुधबार
उपभोक्ता हितसंरक्षणमा स्याङ्जा प्रशासनले बढायो निगरानी
बैशाख १२, २०८१ बुधबार
संयुक्त राष्ट्र प्रमुखद्वारा सन् २०२५ सम्म जलवायु कार्यका लागि विश्वव्यापी नेता परिचालन
बैशाख १२, २०८१ बुधबार